Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली कांग्रेस स्याङ्जामा वडाअधिवेशन : ९७ वडामा एक मात्र महिला सभापति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 15, 2021
99 shares

स्याङ्जा । स्याङ्जा जिल्लामा अहिले कांग्रेसको १४ औं महाधिवेशनको रनको छ। स्याङ्जामा वडागत अधिवेशन सम्पन्न भएको छ। तोकिएकै मितिमा सौहार्दपूर्ण वातावरणमा अधिवेशन टुंङ्ग्एिको निर्वाचन सचिवालयले जनाएको छ। स्याङ्जाका ११ पालिकाका ९७ वडाका नतिजा ३/४ दिनभित्रै सार्वजनिक भए। तीमध्ये ६ वटा वडा सभापतिमा मात्र मतदान प्रक्रियाबाट टुङिगयो। अन्यमा भने सर्वसम्मत सभापति चयन भए।

क्षेत्रीय प्रतिनिधि चयनमा भने सबै वडामा सहमतिमै चयन गरियो। झण्डैं सयको हाराहारीमा भएको वडा अधिवेशनले एकजना मात्र महिला उम्मेदवार सर्वसम्मत चयन गरेको छ। फेदिखोला गाउँपालिका ५ मा माया पनेरु सर्वसम्मत सभापतिमा चयन भइन्। तर, वालिङ् नगरपालिका ८ का सरस्वती बगाले मतदान प्रक्रियाबाटै पराजित भइन्। मतदान प्रक्रियामा गइ निर्वाचनमा सहभागी हुने आँट गरेकी बगाले पराजित व्यहोर्नुपर्‍यो।

जिल्लाकै प्रमुख व्यापारिक केन्द्र समेत रहेको वडाको निर्वाचनलाई महत्वका साथ हेर्‍यो। जिल्लाकै सबैभन्दा बढी क्रियाशिल सदस्य रहेको सो वडामा ५ जनाले सभापतीको दावी गरेका थिए। ती मध्ये उनी मात्र महिला थिइन्। २ जनाले उम्मेदवारी फिर्ता लिएपछि कमलप्रसाद सुवेदी र उनीबीच मतदान भएको थियो। ८ सय २ मतदाता रहेको वडामा ५ सय ६० मत खस्यो। ती मध्ये ३ सय ३४ मत ल्याएर सुवेदी सभापति बने। स्याङ्जामा कांग्रेसको वडा अधिवेशन सुरु सिंगो जिल्लामा एक मात्र महिला उम्मेदवार मैदानमा उत्रदा महिलालाई साथ दिइएन।

उनलाई अघि बढाउन कांग्रेस पंक्तिले चाहेन। त्यसमा पुरुषको मात्र हात छैन। महिला पनि उत्तिकै जिम्मेवार छन्। महिला आरक्षणको सुनिश्चिता हुनु जरुरी रहेको नेपाल महिला संघका केन्द्रीय उपसभापति सभापति सरस्वती अर्याल तिवारीको भनाइ छ। कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएकी तिवारीले भनिन् ‘आरक्षणको सुनिश्चिता नभएसम्म महिला दिदीबहिनी अझै पनि राजनीतिमा आउन सक्दैनन्, पितृसत्तात्मक सोच अझै छ।’ हरेक आन्दोलनको अग्रपंक्तिमा उभिने महिला वर्गलाई वडादेखि नै छेकवार गरिने हो भने भोलिका दिन पनि त्यति सहज देखिदैन। जसका कारण राजनीतिमा महिलाको सहभागीमा अवश्य न्यून हुन्छ।

त्यसो त, नेपाल महिला संघ स्याङ्जा सभापति कल्पना तिवारी पनि महिला आरक्षणको आवश्यकता औंल्याउँछिन्। ‘महिला सहभागिता बिनाको राजनीति कुनै पनि राजनीतिक दलका लागि सहज बन्ने छैन। राजनीतिक पंक्तिले यस्ता कुरा बेलैमा सोच्न जरुरी छ’ उनले भनिन्। कांग्रेसको पछिल्लो सार्वजनिक तालिका अनुसार स्थानीय पालिकाको अधिवेशन असोज ९ गते, प्रदेशको १२ र दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १८ गते जिल्ला अधिवेशन हुने भएको छ। वडामै न्यून उपस्थिति रहेको महिलाले यो समाचार तयार पार्दा (बुधबार दिउँसो) सम्म स्याङ्जाका ११ पालिका (५ नगरपालिका र ६ वटा गाउँपालिका), ४ वटा प्रदेशसभा र जिल्ला सभापति र सचिव जस्ता महत्वपूर्ण पदमा अहिलेसम्म एकजना महिलाले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन्।

‘महिला सहभागिताका कुरा भाषणमा मात्र सीमित भए। व्यवहारमा लागू गरिदैनन्। समान सहभागिता आवश्यक ठानिदैन। महिला र पुरुष भनेका ‘एक रथका दुई पांग्रा हुन्।’ एउटा पांग्रा बलियो हुँदैमा रथ गुड्न सक्दैन। त्यसैले दुबै पांग्रा बलियो बनाउन जरुरी अधिकांश कांग्रेस कार्यकर्ताका भनाइ हुन। अधिवशेनले युवा सहभागी भने बलियो बनाएको छ। वडा र क्षेत्रीय प्रतिनिधिमा अधिकांश युवाहरु नै निर्वाचित भएका छन्। स्याङ्जामा १९ हजार ८ सय ३६ नेपाली कांग्रेसका क्रियाशिल सदस्यले ९७ जना सभापतिसहितको कार्यसमिति र २ हजार ४० जना क्षेत्रीय प्रतिनिधि चयन गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved