काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको आन्तरिक निर्वाचनका लागि निर्वाचन आयोग गठन गरेको छ ।मंगलबार पेरिसडाँडामा बसेको माओवादी स्थायी समितिको बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।
गठन भएको आयोगलाई आफ्नो नियमावली र निर्देशिकालगायतका कुरा बनाउने जिम्मा दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यस्तै, बैठकले राष्ट्रिय सम्मेलनबाट पारित गर्ने गरी विधानको टुंगो समेत लगाएको प्रवक्ता महराले बताए ।माओवादीसँग एकता गरेका विभिन्न पार्टी र नेताहरूको जिम्मेवारी कुन तहमा कसरी गर्ने भन्ने तय गर्न गठित कार्यदलको समय पनि थप गरिएको छ । त्यस्तैगरी मन्त्रीको नाम भने टुंगो लगाउन सकेन।
स्रोतका अनुसार माओबादी केन्द्रवाट कृष्णबहादुर महरा, देवेन्द्र पौडेल, सुदन किराँतीलगायत नेताहरु मन्त्री बन्ने पक्का छ। नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने चाहना राखे पनि प्रचण्डले नचाहेपछि उनी मन्त्री बन्ने बाटो बाटो बन्द भएको छ।उनलाई पार्टीको प्रवक्तावाट समेत हटाएको छ। उनलाई हटाएर महरालाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ।
