Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाग्मती प्रदेशमा मुख्यमन्त्रीको कांग्रेसबाट संस्थागत दाबी छ, हामी पछि हट्दैनौंः इन्द्र बानियाँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 15, 2021
141 shares

काठमाडौं । बाग्मती प्रदेशका कांग्रेसको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको संस्थागत दाबी भएको बताएका छन् । विपक्षी दलको नेताका हिसाबले बाग्मती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने चाहना राख्नु स्वाभाविक भएको उनको भनाइ छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बानियाँले भने, ‘अहिले अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ, उहाँले राजीनामा दिएर या विश्वासको मत लिएर मार्गप्रशस्त गर्नुपर्ने हो । अब गठबन्धनको नेतृत्वमा सरकार बन्छ । तर कसको नेतृत्वमा बनाउने भन्ने टुंगिएको छैन । तर मेरो व्यक्तिगत चाहना मात्र होइन, मेरो पार्टी नेपाली कांग्रेसको चाहना पनि दलको नेतालाई मुख्यमन्त्री बनाउने भन्ने छ । मुख्यमन्त्रीमा संस्थागत रुपमै कांग्रेसको दाबी छ ।’

नेता बानियाँले सत्ता गठबन्धनले निर्णय नगर्दासम्म सबैको दाबी स्वाभाविक भएको पनि बताए । उनले भने, ‘हामीले बाग्मती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने चाहना स्वाभाविक हो, गठबन्धनका अरु दलले आफ्नो सरकार बनाउने अभिव्यक्ति दिनु पनि स्वाभाविकै हो । सुरुको नेतृत्व हामीलाई दिनुपर्छ भन्ने कुरा चलिरहेको छ । अन्तिम टुंगो लागेको छैन ।’

उनले राजनीति सम्भावनाको खेल भएकाले राजेन्द्र पाण्डे या आफ्नो जसको नेतृत्वमा पनि सरकार बन्न सक्ने बताए । उनले भने, ‘उहाँको पनि दाबी छ, मेरो पनि दाबी छ । केन्द्रीय गठबन्धनमा सरकार बनाउन साथ दिएका कारण उहाँहरुको दाबी पनि स्वभाविक हो । अब कसको नाममा सहमतिमा बन्छ, म ठ्याक्कै बताउन सक्दिनँ । तर मैले दाबी छाड्ने कुरा छैन । अन्तिमसम्म दाबी रहन्छ । गठबन्धन संस्कृति अनुसार म हुँदा राजेन्द्र पाण्डेले मान्नुपर्यो, राजेन्द्र पाण्डे हुँदा मैले मान्नुपर्यो । कि गठबन्धन नै भत्काउनुपर्यो । सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा नेतृत्वले टुंग्याउनुपर्छ ।’

उनले केन्द्रीय गठबन्धन समस्यामा परेको पनि स्वीकारे । उनले भने, ‘लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अध्यादेश फिर्ता लिने या प्रक्रियामा लगेर टुंग्याउने कुराले समस्या आइसकेको छ । तर यो अप्ठ्यारो परिस्थितिमा संसद्, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि निर्माण भएको सरकार हो । केही प्रक्रियागत र कानुनी रुपमा जटिलता छन् । त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्छ ।’

नेता बानियाँले एमसीसीका बारेमा प्रपोगान्डा भइरहेको बताए । उनले भने, ‘संसद्मा टेबल नभईकन यसबारे भ्रम सिर्जना गरिएको छ । खास बहस गर्ने थलो संसद् हो । संशोधन गर्नुपर्ने हो भने पनि त्यहीँ छलफल गर्नुपर्यो । अनधिकृत चर्चा परिचर्चा गरेर उछाल्नुको कुनै अर्थ छैन ।’

नेपाली कांग्रेसको डडेलधुराको वडा अधिवेश विवाद पनि राजनीतिक प्रपोगान्डा मात्र भएको उनको दाबी छ । उनले भने, ‘क्रियाशील सदस्यता छानबिन समिति सर्वसम्मत रुपमा बनेको हो । यसमा रामचन्द्र पौडेल समूहको पनि प्रतिनिधित्व छ । निर्वाचन समिति पनि त्यसरी नै सर्वसम्मत रुपमा बनेको हो । निर्वाचन समितिले प्रतिनिधि खटाएको छ । उसले त्रुटि देखेमा वा उजुरी परेमा फेरि वडा अधिवेशन गर्ने हो । स्वाभाविक रुपमा प्रतिनिधि छनोट गरिसकेको विषयमा विवाद गर्न मिल्दैन ।’ उनले कांग्रेसको महाधिवेशन अब नरोकिने पनि बताए ।नेता बानियाँले आवश्यकताको सिद्धान्त अनुसार मुलुकको राजनीतिक निकासका लागि अर्ली चुनावु हुन सक्ने पनि औंल्याए । reportersnepal

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved