ललितपुर । आज सुन्दर नेपाल सरसफाई अभियान संस्थाको तेस्रो बार्षिक साधारण सभा ललितपुरस्थित एक होटलमा सम्पन्न भएको छ । विभिन्न जिल्लामा सो संस्था र सरकारी निकाय लगायत जनसमुदायसँग मिलेर सरसफाई लगायत आयमूलक कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी सोही संस्थाका राष्ट्रिय निर्देशक विरबहादुर तामाङले बताउनु भयो ।
नेपाल सरकार लगायत दातृनिकायले थोरै रकममा पनि धेरै कार्य भइरहेको समेत तामाङले जानकारी गराउनु भएको थियो । सो सभामा अर्को वर्षका लागि बजेट, कार्यक्रम र योजना सर्वसमतबाट पारित गरिएको थियो ।
अध्यक्ष डिल्लीराम पौडेलले अझ व्यवस्थित र प्रभावकारीरुपमा अगाडि बढ्ने जनाउनु भयो । कति कमजोरीका बाबजुत पनि कार्यक्रम भइरहेको छ । चितवन जिल्लामा सुन्दर नमुनाको बस्ती बनाउने योजना समेत रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।
फाेटाे सामाजिक सञ्जालबाट
