Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाग्मती प्रदेश सभामा अबको मुख्यमन्त्री मै हुँः नेता राजेन्द्र पाण्डे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 14, 2021
[webverse_shares]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का बाग्मती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिइसकेकाले अब तीन दलको साझा उम्मेदवारका रुपमा आफू अघि बढेको बताएका छन् । उनले मुख्यमन्त्री शाक्यसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने बाहेक अरु विकल्प नभएको दाबी गरे ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “हामीले मुख्यमन्त्री अष्टमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं । हामीले समर्थन फिर्ता लिएपछि एमालेको एकल बहुमत घटेर ४३ जनामा झरेको छ । उहाँले राजीनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था छ । राजीनामा दिने या विश्वासको मत लिने उहाँको कुरा हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र हामी मिलेर साझा उम्मेदवार तय गर्छौं ।”
उनले गठबन्धनसँग ६० सांसद रहेको दाबी गरे । उनले भने, “हामी नेपाली कांग्रेसका २३, माओवादी केन्द्रका २३, एकीकृत समाजजादीका १३ र एक स्वतन्त्र सांसद गरी ६० जना पुग्छौैं । ५५ भए बहुमत पुग्छ । उहाँहरुको साना दल मिलाउँदा खेरि पनि बहुमत पुग्दैन । पाँच जना कहीँबाट पुर्याउन सक्ने अवस्था छैन ।”
विगतमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन आफू लागे पनि केपी ओलीको शरणमा परेकाले समर्थन फिर्ता लिएको पाण्डेले दाबी गरे । उनले थपे, “उहाँलाई मुख्यमन्त्री बनाउन हामीले निकै कोसिस गर्यौं । तर उहाँ पद प्राप्तिका लागि अचानक ओलीको शरणमा जानुभयो । उहाँ र हाम्रो पार्टी नै फरक परेकाले अब बोकेर हिँड्न सकिँदैन ।”
नेता पाण्डेले आफूले नेपाली कांग्रेसले धोका दिन्छ भन्ने सोच्दै नसोचेको पनि बताए । उनले भने, “हामी राष्ट्रिय गठबन्धनमा पनि छौं । केन्द्रीय गठबन्धनमा हाम्रै साथीहरुको समर्थनले शेरबहादुरजी प्रधानमन्त्री हुनुभएको छ । कांग्रेसले मुख्यमन्त्रीमा दाबी त गर्न पाउँछ तर त्यो अवस्था छ भन्ने हामीलाई लाग्दैन ।”
उनले केन्द्रीय गठबन्धनले कांग्रेस, माओवादी र समाजवादीलाई दुईदुई वटा प्रदेश र जसपालाई प्रदेश २ को मुख्यमन्त्री पाउने सहमति गरेकाले त्यसमा विवाद नभएको पनि बताए । उनले भने, “सहमति अनुसार बाग्मती र प्रदेश १ मा हामी नेतृत्व गर्छौं । लुम्बिनीमा माओवादीले छाडेर कांग्रेसलाई दिनेछ ।”
प्रदेशसभामा नेपाली कांग्रेसको दलको नेता इन्द्रबहादुर बानियाँसँग प्रशस्त कुराकानी भएकाले कुनै असमझदारी नभएको पनि उनले बताए । उनले भने, “हामीबीच कुराकानी भइरहेको छ । यसमा उहाँको कुनै आपत्ति छैन, बरु चाँडै गरौं भन्नुभएको छ । कांग्रेस र हामीबीच आलोपालोको कुरा भएको छैन । उपमुख्यमन्त्रीको कुरा पनि भएको छैन । आवश्यकता परे त्यो प्राक्टिस पनि गर्न सकिन्छ ।”

संघीय मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमा दरार नआएको बताउँदै उनले एकदुई दिनमा सबै काम सकिने बताए । पाण्डेले एमालेले अरु पार्टीका सांसदलाई निकाल्न नसक्ने जिकिर पनि गरे । उनले भने, “एमालेले १४ सांसदलाई कारबाही गरेको हो, तर त्योभन्दा पहिले नै पाटी विभाजित भएपछि अर्को पार्टीका नेतालाई उसले कसरी निकाल्ने ? उमाले संसद् चाँडै विघटन होस् भनेर ज्यादती गरिरहेको छ । तर हामी कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved