Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मोरङ बूढीगंगा गाउँपालिकामा बालिकालाई अध्यक्ष बनाइँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 14, 2021
51 shares

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई आज (मंगलबार) एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइने भएको छ। उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइने भएको हो। आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम उनले गर्नेछिन्।

स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीका बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले १६ वर्षीया बालिकालाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए। उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउन एवं राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउन गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको जानकारी उनले दिए।

अधिकारीका अनुसार नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तहको सरकारले उठान, व्यवस्थापन एवं सम्बोधन गर्ने बालबालिकाका विषय र स्थानीय तह तथा नेतृत्वका सवालमा बालबालिकाको बुझाईलाई यस कार्यक्रमले प्रष्ट पार्ने अपेक्षा गरिएको छ। उनले गाउँपालिका अध्यक्षको भूमिकामा बालबालिकालाई राखेर अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चको रूपमा ‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने कार्यक्रम गर्न लागिएको बताए।

गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बालदिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार मंगलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाटै सुस्मिता अध्यक्षमा छनोट हुनेछिन्। गाउँपालिका अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रमाणपत्र दिएर उनलाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम छ।

अधिकारीले भने उनले भने, ‘पदभार ग्रहणपछि गाउँकार्यपालिकाको बैठक राख्ने र प्रमुख प्रशासकीय अधिकृतको सहजीकरणमा बालबालिका सम्बन्धी केही निर्णय गरिने छ।’ कार्यपालिकाको बैठकपछि नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने कार्यक्रम छ। अनुगमनपछि गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरु समेतको उपस्थितिमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ। कार्यपालिकाको बैठक सञ्चालन र धन्यवादसहित बूढीगंगा गाउँपालिकाका निर्वाचित अध्यक्ष बालचन्द्र माझीलाई बालिकाले जिम्मेवारी हस्तान्तरण गर्ने अधिकारीले बताए।

कार्यक्रमको सहजीकरण राष्ट्रिय बालअधिकार परिषद्ले र व्यवस्थापन तथा समन्वय बाल हेल्पलाइन मोरङ एवं प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्रले गर्ने अधिकारीको भनाइ छ। बालबालिकाको क्षमता एवं नेतृत्व विकासमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष माझीले बताए। बालबालिकाले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेका रहेछन् भन्ने बारेमा पनि कार्यक्रमबाट प्रष्ट हुने उनको भनाइ छ। यस्ता कार्यक्रमलाई देशव्यापी बनाउन आवश्यक रहेको माझीले बताए। अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved