Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डडेलधुरा काण्डमा शीर्ष नेतृत्व बसेर राजनीतिक निर्णय लिनो पर्छ – अधिवक्ता सीताराम केसी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 14, 2021
390 shares
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले डडेल्धुरामा पार्टीको वडा अधिवेशनमा देखिएको विवादबारे शीर्ष नेतृत्व बसेर राजनीतिक निर्णय लिनुपर्ने बताएका छन् । भदौ २५ मा भएको वडा अधिवेशनमा भएका अनियमितताबारे केन्द्रीय निर्वाचन समितिमा कुनै उजुरी नपरेको पनि उनको स्पष्टोक्ति छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सदस्य केसीले भने, “५६ जिल्लामा पार्टीको वडा अधिवेशन गरेपछि ५७ जिल्लाका रुपमा हामीले डडेल्धुरामा निर्वाचन अधिकृत पठायौं । त्यहाँ जिल्ला सभापतिको उजुरी परेको रहेछ । सर्वसम्मत रुपमा कार्यकतालिका प्रकाशित गर्नेबारे हामी गहन छलफल गर्यौं । निर्वाचन अधिकृतले प्रक्रिया बढासकेकाले त्यहाँ ५२ वडामा अधिवेशन भएको हो । यसबारे जे जति विवाद भएको छ, शीर्ष नेतृत्वले विचारले गरेर राजनीतिक निर्णय लिनुपर्छ भन्ने मेरो धारणा छ ।”
अधिवक्ता केसीले द्वन्द्वमा लाने किसिमले कसैले पनि काम गर्नुनहुने औंल्याए । उनले भने, “निर्वाचन समितिको आफ्नै सीमा हुन्छ । मतदाता नामावली पाइसकेपछि त्यसभन्दा बाहिर जाने अधिकार हामीलाई छैन । छानबिन समितिले गरेका कामको दायित्व हामीले लिन सक्दैनौं । त्यहाँ के भएको हो ? कति साथी परे, कति परेनन्, भन्ने हाम्रो क्षेत्रात्रिकारमा पर्दैन । हामीले सकेसम्म स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन खोजेका हौं । डडेल्धुराको विवाद ढिला नगरीकन समाधान गर्नुपर्छ ।”
उनले डडेल्धुरामा वडा अधिवेशन भएपछि निर्वाचन समितिमा कतै उजुरी नपरेको पनि बताए । उनले थपे, “उजुरी नपरीकन हामीले त्यसमा प्रवेश गर्न मिल्दैन ।” अब निर्वाचन समितिले २० जिल्लामा असोज ५ गते वडा अधिवेशन गर्न लागेको उनले बताए । उनले थपे, “त्यसपछि असोज ९ गते पालिकाको अधिवेशनको कार्यतालिका आइसकेको छ । अब त्यसमा तलमाथि हुँदैन । हामी पटक पटक तालिका प्रकाशित गर्न सक्दैनौं ।” सदस्य केसीले क्रियाशील सदस्यता छानबिन समितिले बाँकी जिल्लाको मतदाता नामावली आज बेलुकीसम्म दिने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved