Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सेवाका लागि युवा नेपालद्धारा ओखलढुंगाका दुई स्वास्थ्य संस्थालाई २० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2021
[webverse_shares]

No description available.

उमेश भुजेल ,खोटाङ ।

सेवाका लागि युवा नेपाल संस्थाले ओखलढुंगाका दुई स्वास्थ्य संस्थालाई २० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना रोकथाम सँगै अन्य रोगको उपचारमा सहज होस उद्धेश्यले संस्थाले जिल्लाको सुनकोसीको कजुञ्जे स्वास्थ्य चौकी र मोलुङको कुन्तादेवी स्वास्थ चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

संस्थाको सदस्य समेत रहेका जिल्लाको सुनकोसी गाउँपालिका ९ कटुञ्जेका युवा एकराज धमलाको पहलमा कटुञ्जे स्वास्थ्य चौकीलाई १५ लाख भन्दा बढि र मोलुङ गाउँपालिका – १ कुन्तादेवी स्वास्थ्य चौकीलाई ४ लाख भन्दा बढिको स्वास्थ्य सामाग्री वितरण गरिएको सस्थाका अध्यक्ष असिल कुमार साहीले बताए । सस्थाले कुन्तादेवी स्वास्थ्य चौकीलाई, अक्सिजन कन्सन्टेटर, पिपिइ सेट, माक्स, सेनिटाइजर, ग्लोब्स, थर्माेमिटर, थर्मल गन लगायत गरि ४ लाख बढिको स्वास्थ्य सामाग्री प्दान गरेको हो ।

प्राप्त स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष प्रदिप कुमार बानियाले जानकारी दिए । यस्तै सोमबार नै जिल्लाको सुनकोसी गाउँपालिका ९ कटुञ्जे स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनटेटर, प्रोटेकल भिडियो एक्स–रे मेशिन, बेड, मास्क, सेनिटाइजर लगायत १५ लाख भन्दा बढिको स्वास्थ्य सामाग्री प्राप्त भएको सुनकोसी ९ को वडा अध्यक्ष झनक कुमार कार्कीले बताएका छन् । प्राप्त स्वास्थ्य सामाग्री एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गदै वडा अध्यक्ष कार्कीले गाउँको स्वास्थ्य सेवाको क्षेत्रमा धेरै ठुलो सहयोग गरेको भन्दै सेवाका लागि युवा नेपाल संंस्था र स्थानीय युवा एकराज धमलालाई धन्यावाद् दिनु भएको छ । आगामी दिनमा पनि ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने वडाको योजनामा यसरी नै सहयोग गर्न उनले आग्रह गरे ।

सेवाका लागि युवा नेपाल सस्था कास्की पोखरामा दर्ता भएर ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवालाई सहज बनाउने उदेश्यका सहयोग गरिरहेको सस्थाका अध्यक्ष साहीले बताए । सस्थाले यो भन्दा अघि पनि पूर्वको ताप्लेजुङ्ग, इलाम लगायतको जिल्लाहरुमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको र यसलाई देशव्यापी बनाउने योजना रहेको उनको भनाई छ । गाउँका नागरिकले स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउने अवस्था सिर्जना नहोस भन्नका लागि सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved