Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मार्क्सवादका आधारभूत सिद्धान्तमाथि आक्रमण गर्न थालियो-प्रचण्ड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2021
1.7K

 

धेरै कुराहरु बोल्ने भन्दा पनि म यहाँ सुन्ने उद्धेश्यको साथ आएको थिएँ, सुनेँ । मैले सुनेकै कुराहरुमा टिप्पणी गर्न आवश्यक ठानिन । मलाई लाग्छ यो मनन योग्य छ, त्यसैले मैले मनन गरेको छु । यति कुराहरु राखि सकेपछि मैले धेरै कुराहरु भनिसकेँ ।

हिजो मात्रै पेरु कम्युनिष्ट पार्टी (साइनिङपाथ)का अध्यक्ष डा. अभिमायल गुज्मान रेनोसो कमरेड गोन्जालोको मृत्यु भयो । मैले छोटो टिपणी सार्वजनिक गरेको छु । कमरेड गोन्जालोको निधनसगैं तत्कालको लागि क्रान्तिको एउटा मोडल अन्त्य भएको मैले महशुस गरेको छु ।

वैचारिक निष्ठा,त्याग र समर्पणको प्रतिकको रुपमा कमरेड गोन्जालो प्रति श्रद्धा भनेर लेखेको थियौँ । यहाँ गोन्जालोको प्रसंग पनि जोडिएको छ । गोन्जालोको रिहाईको माग हामीले गरेनौं भन्ने कुरा भ्रम मात्रै हो । नेपालबाट नेपालका कम्युनिष्टहरुले र अनतर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको तर्फबाट पनि अमानवीय दमनको विरुद्ध निकै धेरै अभियानहरु चलेका थिए । ती अभियान चलाउनेहरु मध्य मैले नेतृत्व गरेको पार्टी र आन्दोलन पनि एउटा हो । जसले राष्ट्रिय रुपमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा पनि त्यसलाई स्थापित गर्ने र अगाडि बढाउने जमर्को गरेको हो ।

त्यो स्मरण गर्न अहिले आवश्यक छ जस्तो लाग्यो । नेपाल या त अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीबाट केही काम नै भएको छैन भन्नु गलत हो तर कम्युनिष्ट आन्दोलन समग्रतामा रक्षात्मक स्थितिमा थकित भएको हुनाले जुन स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने हो त्यो गर्न नसक्नु चाहिँ यथार्थ हो । गोन्जालोले वैचारिक निष्ठा,त्याग र समर्पणको जुन प्रतिकको रुपमा आफूँलाई स्थापित गर्नुभो त्यसको लागि हामीले सधैं सम्मान गर्नेछौं र प्रेरणाका रुपमा क्रान्तिको बाटोमा हिड्नेछौं भन्ने कुरा म व्यक्त गर्न चाहान्छु ।

अब भने म कमरेड परशुराम तामाङको पुस्तकको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु । नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएकोले शायद उहाँले पुस्तकमा सकारात्मक कुराहरु मात्र लेख्नु भएको छ । जसको चर्चा र टिप्पणी यहाँ भैसकेको छ । त्यसैले म धेरै केही भन्न चाहदिन । कोभिड १९ को विषम परिस्थितिमा उहाँले रचनात्मक काम गरेर एउटा नयाँ बहसको सुरुवात यो पुस्तकद्धारा आज भएको छ ।

त्यसको लागि म लेखकलाई धन्यवाद दिन चाहन्छु । नेपालको मात्र नभई विश्वकै आजको प्रमुख समस्या भनेको विचार र राजनीती को हो । नयाँ वैचारिक राजनितिक संश्लेषण र नयाँ अनुसन्धानको समस्या हो ।

आजको युगको सापेक्षतामा , विज्ञान प्रविधिको विकासको सापेक्षतामा , उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आएको हेरफेर र विकासको सम्बन्धमा र सबै मानिसको जीवनयापनमा आएको परिवर्तनको सम्बन्धमा मार्क्सवादका आधारभुत सिद्धान्तहरुको उपयोग गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशाको विकासको चुनौती हो । कुनै नेता विशेष बिग्रिए, पार्टी बिग्रे भनेर गुनासो गर्नेकुराहरुसंग यो रिलेटेड होईन । विचार र राजनीतिको विकास नभएको कुरा भने सही हो ।

अहिले विश्वलाई हेर्दा हामीले क्रान्तिको संयुक्त कार्यनीतिको विकास नगरेमा अहिले देखा परेका समस्याहरुको स्थायी र दिर्घकालिन समाधान हामीले गर्न सक्दैनौं ।

विचार र राजनीतिको क्षेत्रमा हामीले सबैभन्दा पहिले आजका चुनौतीहरुको सामना गर्दै अबको समाजवादको अर्थतन्त्र कस्तो हुने , अर्थनीति कस्तो हुने , राजनीति कस्तो हुने , सांस्कृतिक आचरण कस्तो हुने भन्नेबारेमा एउटा सुव्यवस्थित वस्तुवादी वैज्ञानिक संश्लेषण आजको आवश्यकता हो । सबैलाई थाहा छ, अहिले नेपाली कम्युनिष्ट आन्दोलनले धेरै चुनौतीहरु सामना गर्नु परेको छ ।

हरेक पार्टी , समुहहरुमा केही न केही समस्याहरु छन् भने ती समस्याको केन्द्रबिन्दुमा वैचारिक राजनीतिमा नयाँ संश्लेषणको आवश्यकता र चुनौती हो त्यो चुनौतीको सामना नहुनु नै मुल कुरा हो । हामीले अहिले हाम्रो पाटीको तर्फबाट मुख्य रुपमा यही विषयमा केन्द्रीत भएर बहस चलाँउदै अध्ययन सुरु गर्ने र नेपाल साथसाथै सबै देशका कम्युनिष्ट आन्दोलनको सकारात्मक र नकारात्मक कुराको फेरि एकपटक अनुसन्धान, बहस गर्नुपर्छ ।

बहसबाट नै हामी नयाँ निष्कर्षमा पुग्न सक्छौं । कमरेड परशुराम तामाङले यो पुस्तक लेख्दै गर्दा हामीले चलाएको बहसलाई पनि समावेश गर्नु भएको छ । यो स्वभाविक हो । हामीले पार्टीमा जे आवश्यकता महशुस गरेका हौं त्यही कुरा उहाँले पुस्तकको माध्यमबाट ल्याउनु भएको छ । नेपाल कम्युनिष्ट आन्दोलनको कार्यदिशा बारेमा बुझन यो पुस्तक हरेकका लागि पठनिय छ ।

वर्ग संघर्ष र जातव्यवस्थाको बारेमा पनि पुस्तकमा केही कुराहरु समाबेश गरिएको छ । यो पुस्तक प्रकाशन गरेर फेरि नयाँ तरङ उत्पन्न भएको छ र लेखक मुलभुत रुपमा सफल हुनुहन्छ भन्ने मलाई लागेको छ । हामीले माक्र्सवादको विकासको सन्दर्भमा कुरा गर्दा दुई धार र प्रवृत् िसुरुदेखि देखा परेको छ ।

एउटा माक्र्सवादले अनुसन्धान गरेको द्वन्दात्मक तथा एतिहासिक भौतिकवाद या वैज्ञानिक समाजवाद जसलाई भनिएको छ त्यसकाबारेमा विकसित गरिएका आधारभुत सिद्धान्तहरुलाई स्वीकार गर्ने त्यसले श्रमजीविहरुको संघर्षमा योगदान गर्ने कुरालाई स्वीकार गर्ने र त्यसमा टेकेर परिस्थितिमा आउने परिवर्तनसँगै त्यसका आधारभुत सिद्धान्तहरुलाई समेत विकसित र परिमार्जन गर्दै जाने एउटा प्रवृति देखियो ।

अर्को परिस्थितिमा आएको फेरबदललाई देखाँउदै मार्क्सवादका आधारभुत सिद्धान्तहरुमा नै आक्रमण गर्ने देखिएको छ ।
लेनिनले भन्नुभएको छ,‘धेरै मानिसहरुले पटकपटक भने माकर््सवाद पुरानो भयो, त्यसले अबको युगको नेतृत्व गर्न सक्दैन र त्यसलाई संशोधन गर्ने एकहजार पटक जमर्को गरेका छन् । एकहजार पटक संशोधन गर्न खाजियो र क्रान्तिकारीहरुले मार्क्सवादको खण्डन गर्दै माकर््सवाद पुरानो नभएको साबित गरे ।’

अहिले पनि मार्क्सवाद संशोधन गर्न प्रयास गरिएको छ , म त्यसको खण्डन गर्न तयार छु ।
आईतबार राजधानीको प्रज्ञा प्रतिष्ठानको भवनमा जागरण बुक हाउसद्वारा प्रकाशित लेखक तथा नेकपा माओवादी केन्द्रका नेता पर्शुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलन कार्यदिशा’ पुस्ताक विमोचन समारोहमा प्रचण्डद्वारा व्यक्त

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved