Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रीलङ्कामा किन खाद्य सामग्री सङ्कट छ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2021
377

श्रीलङ्काका सरकारी खाद्य सामग्री पसलहरू रित्तिँदै गएका छन् भने धुलो दूध, अन्न र चामल जस्ता आयातित सामग्रीको सञ्चिति निकै कम छ।

सरकारले आपूर्ति अभाव नरहेको भन्दै सञ्चारमाध्यमहरूले भय निम्त्याएको आरोप लगाएको छ।

सरकारले सङ्कटकालको घोषणा गरेको र विदेशी मुद्रा सटहीमा सङ्कट देखा परिरहेको अवस्थामा श्रीलङ्काको केन्द्रीय ब्याङ्कका प्रमुखले राजीनामा दिएको अवस्थामा पछिल्लो घटनाक्रम विकास भएको हो।

सरकारले के गरेको छ?

अगस्ट ३० मा राष्ट्रपति गोटाबय राजपक्षेले अत्यावश्यक सामग्रीहरूको आपूर्तिमा कडा नियन्त्रण गरिएको घोषणा गरेका थिए।

सरकारले व्यापारीहरूलाई खाद्य सामग्री भण्डारण कम गर्न र मूल्य वृद्धि नियन्त्रण गर्न यो कदम चालिएको बताएको थियो।

श्रीलङ्काली मुद्राको अवमूल्यन, मुद्रास्फ्रिति र बढ्दो वैदेशिक ऋण भारसँग जुधिरहेको छ।

  • श्रीलङ्कामा इनार खन्दा फेला पर्‍यो ‘१० करोड डलर पर्ने’ एउटा विशाल रत्न
  • रोजगारीका लागि साउदी अरब गएका दर्जनौँ श्रीलङ्काली महिला जेलमा

केही समय अघिसम्म दक्षिण एशियाकै बलियो अर्थतन्त्र रहेको उक्त देशको आर्थिक मन्दीप्रति चिन्ता प्रकट भएका छन्।

सन् २०१९ मा विश्व ब्याङ्कले श्रीलङ्कालाई मध्यम आय भएको देशमा स्तरोन्नति गरेको थियो।

तर यही अवधिमा देशको ऋणको भार पनि बढिरहेको छ।

सन् २०१० मा देशको कूल राष्ट्रिय आयको ३९ प्रतिशत रहेको ऋण सन् २०१९ मा बढेर ७९ प्रतिशत पुगेको विश्व ब्याङ्कले जनाएको छ।

खाद्यवस्तुको मूल्य र आपूर्तिमा के भयो?

आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक खाद्य सामग्रीको मूल्य बढिरहेको छ।

श्रीलङ्कामा कोभिड-१९ को नियन्त्रणका लागि लगाइएका कडा लकडाउनका माझ अत्यावश्यक उपभोग्य सामाग्रीहरूको खरिदका लागि मानिसहरू लामो लाइनमा बस्नुपर्ने अवस्था छ।

हालैका महिनामा चिनी, प्याज र दालको मूल्यमा निरन्तर वृद्धि भएको छ।

मे महिनामा वृद्धि भएको चामलको भाउ त्यसयता निरन्तर ओरालो लागिरहेको छ।

सेप्टेम्बर महिनाको सुरुमा चामलको खुद्रा मूल्यमा निश्चित सीमा तोकिए पनि उक्त क्रम रोकिएको छैन।

आपत्कालीन नियमहरूले सरकारलाई व्यापारीहरूबाट खरिद गरी खाद्य र अरू अत्यावश्यक सामग्री नियन्त्रित मूल्यमा उपभोक्ताहरूलाई बिक्री गर्न बाटो खोलिदिएको छ।

आपूर्ति सङ्कटका बारेमा बीबीसीलाई विज्ञप्तिमार्फत श्रीलङ्काका अर्थमन्त्रीले त्यो ‘कृत्रिम’ भएको बताए।

“अवाञ्छित तत्त्वहरूले कृत्रिम रूपमा गराएको अभावले स्वाभाविक रूपमा नै ती सामग्रीहरूको मूल्य वृद्धि गराउँछ,” उनले भने।

उपभोग्य सामग्रीको अभाव हुनसक्ने अवस्थाको कडा प्रतिवाद गर्दै उनले जुनसुकै समयमा सबै अत्यावश्यक सामग्री उपलब्ध हुनेमा सरकारले आश्वस्त पार्न सक्ने बताए।

राज्यमन्त्री अजिथ निभार्ड कब्रालले खाद्य सामग्रीको अभावबारेका ‘मिथ्या विवरण’मा विपक्षी जिम्मेवार रहेको बताए।

तर चिनी, चामल, दाल र धुलो दूध खरिदका लागि लामो लाइनहरू देखिएका छन्।

एक जना ज्येष्ठ नागरिक कुमारादासा भन्छन्, “म यहाँ ४५ मिनेटदेखि लामबद्ध हुँदा मैले एक किलो चिनी मात्रै पाउन सकेँ।”

अर्का व्यक्तिले बीबीसीलाई सुपथ मूल्यमा चीनी बेच्ने सरकारी सुपरमार्केट राजधानी कोलम्बो नजिकैको एउटा नगरमा बन्द रहेको बताए।

सरकारको नीतिका आलोचकहरूले सामग्रीहरूको अनावश्यक सञ्चिति र मूल्यवृद्धि नियन्त्रण गर्ने अरू कानुनी व्यवस्थाहरू रहे पनि सरकारले ‘गलत नियत’ले सङ्कटकाल घोषणा गरेको बताए।

“(यो सङ्कट) शक्ति सङ्घर्षको प्रतिबिम्ब हो, शक्ति आर्जन गर्ने अपेक्षा लागि राष्ट्रपति र सरकारले अमानवीय ढङ्गले नागरिकको जीवन जोखिममा पार्ने काम गरिरहेका छन्,” विपक्षी दल एसजेबीका इरान विक्रमारत्नेले संसद्‍मा भने।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved