Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एप्पलको चेतावनी, यसो गर्नुभयो भने बिग्रिनेछ आइफोनको क्यामरा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2021
30 shares

आइफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ताका लागि एक चेतावनी जारी गरेको छ ।

एप्पलले उच्च क्षमतायुक्त तथा गतियुक्त मोटरसाइकलमा तीव्र गतिमा यात्रा गरिरहँदा आइफोन प्रयोग नगर्न सल्लाह दिएको छ ।यसो गर्नाले आइफोनको क्यामरामा असर पर्ने र क्यामरा बिग्रिन सक्ने एप्पलको भनाइ छ ।

आफ्नो सपोर्ट पेजमा एप्पलले उक्त जानकारी प्रकाशित गर्दै भनेको छ कि हाइ पावर इन्जिनयुक्त मोटरसाइकलबाट उठ्ने भाइब्रेसन अर्थात् कम्पन र तरंगहरुले आइफोनको क्यामरामा असर गर्न स्क्दछ ।

एप्पलले आफ्ना कतिपय आइफोनका मोडलहरुमा उच्च प्रविधियुक्त क्यामरा प्रणाली राखेको छ । जसको माध्यमबाट अप्टिकल इमेज स्टाबिलाइजेसन तथा क्लोड्ज लुप अटोफोकन प्रविधिबाट कठिनभन्दा कठिन परिस्थितिमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिन्छ । उक्त प्रविधिले कुनै पनि हलचल, कम्पन तथा गुरुत्वाकर्षणको असरलाई निस्तेज पार्दछ र उत्कृष्ट तस्वीर खिच्नमा सहयोग गर्दछ ।

तर आम आइफोनका क्यामराहरु भने यस्तो खाले असरबाट प्रभावित हुने भएको हुँदा हाइ पावर इन्जिनको नजिक नराख्न एप्पलले सुझाव दिएको छ । तथापि कम क्षमतायुक्त इन्जिन भएको स्कुटर वा विद्युतीय बाइकमा भने आइफोनलाई जोडेर राख्न मिल्ने एप्पलको भनाइ छ ।

उच्च क्षमतायुक्त मोटरसाइकलको इन्जिनको कम्पनले आइफोनको ओआइएस तथा ए एफ सिस्टम खराब हुनसक्ने एप्पलले जनाएको छ । यदि कुनै स्मार्टफोनको क्यामरामा अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि छ र त्यसलाई धेरै क्षमतायुक्त मोटरसाइकलमा प्रयोग गर्नुहुन्छ भने कम्पनले उक्त प्रविधिमा असर गर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved