एमाले सांसदहरुको निरन्तर सांसद बैठक अबरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले बताए ।
एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले भोलि दिउँसो साढे २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।
यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् भने त्यसअघि सहमतिको पहल भएको हो।
