Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सेप्टेम्बर ११ आक्रमण: २० वर्षपछि गहभरि आँसु लिएर स्मरण गरियो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2021
27 shares

अमेरिकी भूमिमा भएको सबैभन्दा घातक हमलाको बिसौँ वार्षिकीमा जम्मा भएका मृतकका आफन्तले शनिवार गहभरि आँसु लिएर हमलाको स्मरण गरेका छन्।

करिब तीन हजार मानिसहरूको ज्यान जाने गरी भएको आक्रमणको सम्झनामा आयोजना गरिएको स्मृति सभामा आफन्तहरूले घटनामा मारिएकाहरूको नाम वाचन गरेका थिए।

अलकायदा लडाकुहरूको विमान हमलामा ध्वस्त भएको ट्विन टावर रहेको घटनास्थलमा आयोजित स्मृति सभामा धेरै जना आँसु थाम्न प्रयत्न गरिरहेका देखिन्थे।

“२० वर्ष भनेको निकै लामो समय हो तर त्यो घटना अझै मलाई हिजोजस्तै लागिरहन्छ,” घटनामा आफ्ना श्रीमान् गुमाएकी लिसा रेनाले आँसु चुहाउँदै भनिन्।

प्रत्येक अपहरित विमानहरू ठोक्किएको समयमा एक मिनेट मौन धारण गरेर मृतकहरूको स्मरण गरिएको थियो।

  • सामाजिक सञ्जालमा कसरी अझै ९/११ आक्रमणबारे शङ्का फैलिरहेको छ
  • ९/११ आक्रमणका ‘योजनाकार’ कसरी अमेरिकी गुप्तचरको हातबाट फुत्किएका थिए

‘वर्णन गर्न नसकिने भावना’

हमला भएको समयमा अमेरिकी राष्ट्रपति रहेका जर्ज डब्लु बुसले पेन्सिल्भेनियामा आयोजित अर्को स्मरण सभालाई सम्बोधन गरे।

अलकायदा लडाकुहरूले आक्रमणका लागि अपहरित गरेको अर्को एउटा विमान यात्रुहरूको प्रतिकारपछि पेन्सिल्भेनियाको खेतमा दुर्घटनाग्रस्त भएको थियो।

“त्यो नरसंहार र साइरनहरूको आवाजले विश्वमै होहल्ला भएको थियो। त्यसपछि हामीले फेरि कहिल्यै नसुनिने गरी आवाजहरू गुमायौँ, सुनसान बन्ने गरी,” घटना स्मरण गर्ने उनले भने।

“हामीले महसुस गरेका भावनाहरू वर्णन गर्न नसकिने खालका छन्।”

सन् २००१ मा ट्विन टावरमाथि पहिलो विमान ठोक्किएको अमेरिकी समय बिहान ८:४६ मा स्मृति सभा आयोजना गरिएको थियो।

हमलामा मारिएका २,९७७ जनाको नाम खोपिएको घटनास्थलमा बिहानैबाट मानिसहरूले गुलाबका फूलहरू राख्न सुरु गरेका थिए।

हरेक पटक विमान ठोक्किएको समय र ट्वीन टावर ढलेको समय स्मरण गर्न थप पाँच पटक एकऔएक मिनेट मौनधारण गरिएको थियो।

दक्षिणी ट्वीन टावरमा विमान ठोक्किएको समय, राजधानी वासिङ्टन डीसी नजिकै तेस्रो विमान पेन्टागनमा ठोकिएको क्षण, चौथो विमान पेन्सिल्भेनियामा दुर्घटना भएको समय र दुवै टावर ढलेको क्षणमा मौन धारण गरिएको थियो।

  • दुई दशकअघि सेप्टेम्बर ११ मा अमेरिकामा के भएको थियो
  • तालिबान, अलकायदा र इस्लामीक स्टेट कसरी फरक छन्?

घटनामा मृतकहरूप्रति श्रद्धाञ्जली रातिसम्म जारी रहेको थियो। न्यूयोर्कमा आकाशमा छ किलोमिटर माथिसम्म पुग्ने गरी दुई बत्ती बालिएका थिए।

“हामी फेरि भेट्ने छौँ प्रिय”

हमलामा मारिएकाहरूको हजारौँ नामहरू पढ्न मानिसहरूलाई घण्टौँ लागेको थियो।

वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको पहिलो विमानमा परिचारिका रहेकी आफ्नी छोरी गुमाएका माइल लोले नामहरू पढ्न सुरु गरे।

उनले आफ्नो परिवारलाई सबैभन्दा अँध्यारा दिनहरूबाट बाहिर आउन सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिएका थिए।

सेप्टेम्बर ११ अर्थात् ९/११ को घटनालाई सङ्ख्या वा मितिको मात्र नभई सामान्य मानिसहरूको अनुहार सम्झने दिनको रूपमा स्मरण गरिनुपर्ने लोको भनाइ छ।

उनका श्रीमान् जोसेफ मारिँदा लिसा आठ महिनाकी गर्भवती थिइन्।

“हाम्रो छोरा तिम्रो नयाँ अवतार हो….हामी फेरि भेट हुनुअघि हामीलाई हेर्दै गर है प्रिय,” आँसु थाम्दै उनले भनिन्।

आक्रमणपछि कतिपय पीडितका नयाँ आफन्त पुस्ता जन्मिइसकेका छन्।

कतिपय यस्तै पुस्ता मृतकका नाम पढ्न मञ्चमा पुगेका थिए।

“मैले तपाईँलाई कहिल्यै भेटिनँ तर म धेरै याद गरिरहन्छु अङ्कल,” एक जना बालिकाले भनिन्।

पहिलेका र अहिलेका राष्ट्रपति

न्यूयोर्कमा आयोजना गरिएको स्मृति सभामा राष्ट्रपति जो बाइडन र प्रथम महिला जील बाइडेनलाई पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन र बराक ओबामाले साथ दिएका थिए।

राष्ट्रपति बाइडन हमला भएका न्यूयोर्क, पेन्सिल्भेनिया र भर्जिनिया तीन वटै स्थानमा पुगेका थिए।

वार्षिकीअघि एउटा भिडियो सन्देशमा बाइडनले “घटना जतिअघि घटेको भए पनि वार्षिकीहरूले केही सेकेन्डअघि मात्रै घटेको जस्तै पीडादायक” स्मरण गराउने बताएका थिए।

उपराष्ट्रपति कमला ह्यारिसले पेन्सिल्भेनियामा पूर्वराष्ट्रपति बुसपछि सम्बोधन गरिन्।

“हामीले हाम्रा बालबच्चाहरूको लागि पनि यो घटनालाई पछाडि फर्केर हेर्ने साहस गर्नुपर्छ र त्यही कारण हामीले अगाडि पनि हेर्नुपर्छ,” उनले भनिन्।

तस्बिरको क्याप्शन,प्रत्येक अपहरित विमानहरू ठोक्किएको समयमा एक मिनेट मौन धारण गरेर मृतकहरूको स्मरण गरिएको थियो।

अपहरणकारीहरूले क्यापिटल भनिने अमेरिकी संसद् भवनमा आक्रमणका लागि अघि बढाएको विमान यात्रुहरूको प्रतिकारपछि पेन्सिल्भेनियाको मैदानमा दुर्घटना भएको बताइन्छ।

राष्ट्रपति बाइडनले ती यात्रुहरू वीरता देखाएको भन्दै प्रशंसा गरे।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै पनि स्मृति सभामा सहभागी नभए पनि भिडियो सन्देशमार्फत् विमानमा प्रतिकारको आँट गर्ने पहिलो व्यक्तिको प्रशंसा गरेका थिए।

उनले आफ्नो देशमा क्षति पुर्‍याउने विरुद्ध लड्न अफगानिस्तान पुगेको अमेरिकी सेना फिर्ता हुनु सुखद नभएको समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved