Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सेतो पुतलीबाट सापु रोगको जोखिम : डाक्टर भन्छ – दृष्टि नै गुम्न सक्ने खतरा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2021
384 shares

काठमाण्डाै – आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको सापु रोगका बिरामी बढ्न थालेका छन् ।

पछिल्लो समय पहाडी जिल्ला गुल्मी, पाल्पा, कास्कीलगायत काठमाण्डौ उपत्यकामा समेत सापु रोगका बिरामीहरु बढ्न थालेका हुन् । सापु रोगको सङ्क्रमण बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

 

सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोगको सङ्क्रमण सेतो पुतलीबाट हुने दृष्टि विषेशज्ञ डा. अरुण ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुतलीलाई छोएर आँखामा हात लगेमा सङ्क्रमण हुन सक्छ ।

 

बत्तीको वरिपरि घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्ने भएकाले जोगिन डा. ढुङ्गानाको सुझाव छ । विशेषगरी भदौदेखि मंसिर महिनासम्म सेतो पुतलीको प्रजनन सुरू हुने भएकाले यो बेला सापुका बिरामी धेरै देखिने गरेका उहाँले बताउनुभयो ।

 

कहिलेकाहीँ र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग रहेको आँखा विशेषज्ञले बताएका छन् ।दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो ।

 

सेतो पुतलीले छोएको दुई दिनभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन डाक्टर ढुङ्गानाको सुझाव छ । नेपालमा २०३२ सालमा पहिलो पटक यो रोग देखिएको थियो।

 

यो रोगको निदान तथा उपचार आँखा विभाग तथा अस्पतालहरुमा मात्र गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियामार्फत् समेत गरिन्छ । समयमा उपचार भएमा मात्र आँखा निको हुन्छ । नत्र आँखाको दृष्टि नै गुम्न सक्छ।

 

लक्ष्यणहरु :

-एक्कासी एउटा आँखा रातो हुने

-उज्यालोमा हेर्न गाह्रो हुने

-आँखाको कालो भागको बीचमा सेता दाग देखिने

-चिप्रा नलाग्ने

-दृष्टि कम हुँदै जाने

-उपचारमा ढिलाइ भएमा कालो नानीमा सेतो देखिनु

बच्ने उपाय :

-सेतो पुतलीबाट जोखिने

-कोठामा पुतली पस्न नदिन झ्यालढोकामा जाली लगाउने

-झुल लगाएर सुत्ने

-सेतो पुतलीलाई सिधै हातले नछुने

-हातले छोइहाले साबुनपानीले राम्ररी हात धुने

-हात नधोइकन आँखामा छुँदै नछुने

-झुक्किएर छोइहाले आँखा सफा गरेर तुरुन्तै आँखा अस्पताल जाने ।

-रोगको लक्ष्यण देखा परेमा वा शङ्का लागेमा तुरुन्तै आँखा विभाग, अस्पताल जाने

-आफूखुसी कुनै पनि आँखाको औषधि तथा जडीबुटी नराख्ने

-डाक्टरको सल्लाहमा उपचार गर्ने

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved