Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ट्वीनटावर हमलाको २० वर्ष पूरा, अमेरिकालाई कति क्षति ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 11, 2021
638

काठमाडौं, आज ११ सेप्टेम्बर । आजभन्दा २० वर्ष अघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको विश्व व्यापार संगठनको भवनमा आतंकवादी हमला भएको थियो ।

 

हमलाकारीहरुले विमानहरु अपहरण गरी ट्वीन टावरमा ठोक्काइदिएका थिए । जसका कारण टावर ध्वस्त भई तीन हजार मानिसको मृत्यु भएको थियो ।

 

आतंकवादी हमलामा कुल चार विमान अपहरण गरिएका थिए । दुईवटा विमान ट्वीन टावरमा ठोक्याइएका थिए । एउटा विमान वासिङ्टनस्थित पेन्टागनमा ठोक्याउन खोज्दा पश्चिमतर्फको कुनामा केही क्षति गरेर दुर्घटना भएको थियो । अर्को विमानले अन्यत्र कुनै क्षति गर्न सकेन । १७ मिनेटको फरकमा विहानै भएको हमलामा ट्वीन टावर ध्वस्त भएका थिए । ११० तल्ले भवन एक घन्टा ४२ मिनेटमा ध्वस्त भएका थिए ।

 

हमलामा दोषी पाइएकाहरुलाई अमेरिका पक्राउ समेत गरेर क्युबाको ग्वान्टेनामो टापुमा राख्यो । अझै पनि पाँच जना दोषी ग्वान्टेनामो टापुमा सन् २००६ यता बन्दी बनाइएका छन् ।

 

इस्लामिक आतंकवादी संगठन अल कायदा हमलामा दोषी रहेको पाइएको थियो । सेप्टेम्बर ११ को हमलापछि अमेरिकाले अल कायदाविरुद्ध कठोर नीति लियो । अल कायदा नेता ओसामा विन लादेनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।लादेन अफगानिस्तानमा रहेको आशंकामा खोजी भयो । तर, अरबौं डलर खर्चिएपछि लादेन पाकिस्तानको अवोटावादमा रहेको पत्ता लगाएर गोप्य हमला गरी मारिदियो ।

 

लादेन पाकिस्तानको संरक्षणमा अवोटावादमा रहेको विषय पनि चर्चामा आयो । यो घटनापछि पाकिस्तानको अमेरिकासँग सम्बन्ध चिसियो ।११ सेप्टेम्बरको हमलामा कुल १९ जना अपहरणकारी संलग्न रहेको खुलेको थियो । जसमध्ये साउदी अरेबियाका १५, युनाइटेड अरब इमिरेट्सका २, इजिप्ट र लेबनानका ११ जना थिए ।

 

हमलाबाट ३८ करोड ५० लाख डलर बराबरका ४ विमान, विश्व व्यापार संगठन रहेको जुम्ल्याहा भवनको साँढे २ अर्ब डलर, पेन्टागनको क्षतिको १ अर्ब डलरसहित १३ अर्ब डलरको पूर्वाधार क्षति भएको थियो ।क्षतिग्रस्त भवन पन्छाउन मात्र १ अर्ब डलरभन्दा बढी खर्च भयो । ८३ हजारको जागिर गुम्यो । अमेरिकी नागरिकले मात्र १७ अर्ब डलर बराबरको तलब गुमाउन पुगे ।

 

इन्सुरेन्स व्यवसायले मात्र ४० अर्ब डलर गुमायो । न्यूयोर्क शहरले ९५ अर्ब डलर गुमायो । यसको असर विश्वव्यापी भयो । जुन हिसाब गर्न नसकिने खालको थियो ।अमेरिकाले सेप्टेम्बर ११ को हमलापछि आतंकवादविरुद्धको लडाईं बढायो । अफगानिस्तान, पाकिस्तान, मध्यपूर्व, अफ्रिकालगायतका विभिन्न क्षेत्रमा अरबौं डलर खर्च गर्यो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved