Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चीन-अमेरिका सम्बन्धः सात महिनापछि सी जिन्पिङ र जो बाइडनबीच टेलिफोन संवाद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2021
45 shares

चीन र अमेरिकाका राष्ट्रपतिबीच सात महिनापछि पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशित गरेको एउटा विज्ञप्तिअनुसार दुई नेताले बिहीवार दुई पक्षका स्वार्थहरू मिल्ने क्षेत्रबारे “बृहत् रणनीतिक छलफल” गरेका थिए।

बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सीसँग यो उनको दोस्रो संवाद हो।

व्यापार, गुप्तचरी र महामारीका विषयमा मतान्तर भएकाले चीन-अमेरिका सम्बन्धबीच तनाव कायम छ।

  • कसरी एउटा जाली सञ्जालबाट चीनको पक्षमा प्रचारबाजी हुन्छ
  • कोरोनाभाइरस उत्पत्तिसम्बन्धी अमेरिकाको जासुसी प्रतिवेदन ‘निष्कर्षविहीन’

“यो छलफल राष्ट्रपति बाइडनले स्पष्ट पारेअनुसार अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेदारीपूर्वक व्यवस्थित गर्ने अमेरिकाको जारी प्रयासको भाग थियो,” विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ।

“दुई नेताहरूले प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्न दुवै देशको उत्तरदायित्वबारे छलफल गरे।”

केही महिनाअघि बाइडन सरकार र चीनबीच भएको उच्चस्तरीय वार्तामा तनाव उत्पन्न भएको थियो। दुवै पक्षका अधिकारीहरूले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए।

चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई “चीनमाथि आक्रमण गर्न” उक्साएको आरोप लगाएका थिए। अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको बताएको थियो।

चीन र अमेरिकाबीच कस्तो असहमति छ?

चीन र अमेरिकाबीच धेरै विषयमा असहमति छ।

विशाल अर्थतन्त्र भएका दुई देशबीच केही ठूला विषयमा चर्को विवाद छ। सबैभन्दा ठूलो विवाद चाहिँ मानवाधिकार र प्रजातन्त्रको विषयमा छ।

अमेरिकाले चीनबाट शिन्जियाङ प्रान्तमा उइगर मुस्लिम समुदायको “नरसंहार” गरेको आरोप लगाउने गरेको छ। अनि नयाँ सुरक्षा कानुन ल्याएर बेइजिङले हङ्‌कङमा प्रजातान्त्रिक अधिकारलाई दमन गर्न खोजेको अमेरिकाको भनाइ छ।

चीनले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बारम्बार चेतावनी दिएको छ। वाशिङ्टनले चीनको सत्तारूढ कम्युनिस्ट पार्टीलाई दुर्नाम गर्न खोजेको बेइजिङको आरोप छ।

  • एमनेस्टी भन्छ चिनियाँ राज्यका कारण शिन्जियाङमा ‘नर्कको जस्तो’ अवस्था
  • को हुन् उइगर र अमेरिकाले चीनमाथि उनीहरूको नरसंहारको आरोप किन लगाउँदैछ
  • चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

व्यापारको विषयमा पनि विवाद छ। डोनल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति हुँदा सन् २०१८ देखि दुई देशबीच व्यापारयुद्ध चलिरहेको छ।

अमेरिकाले चिनियाँ सामानमा ३६० अर्ब डलरभन्दा बढी कर लगाइदिएको थियो। प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी सामानमा ११० अर्ब डलर कर लगाइदियो।

बाइडनले आफ्ना पूर्ववर्तीले चीनविरुद्ध लागु गरेका कडाइ हटाएका छैनन्। त्यसैले चीन अझै अमेरिकासँग असन्तुष्ट छ।

दुई देशबीच अफगानिस्तानको विषयमा पनि तनाव देखिएको छ।

केही दिनअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अमेरिकाको आलोचना गर्दै अमेरिकी सैनिकले त्यहाँ “विध्वंस गरेको” टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved