काठमाण्डाै – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन सगकाे सहकार्यमा राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्ने बताएको छ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएको हो । यसबारे सत्तारुढ गठबन्धनभित्र पनि सहमति हुनुपर्ने उनको भनाई थियो ।
भेटमा सुमारले एमसीसीबारे आफूहरुले स्पष्ट पारिसकेको र अब नेपालले निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई प्रष्ट दृष्टिकोण बनाउन सुझाव दिएको छ । माओवादी केन्द्रभित्र एमसिसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गर्नुपर्ने दुईथरी विचार छ ।
एमाले अध्यक्ष ओलि र एकीकृत समाजवादी का अध्यक्ष माधव नेपाल सँग सुमारले हिजै अलग अलग भेटघाट गरिसकेकाे छ भने आजै प्रधानमन्त्रि शेर बहादुर देउवा सँग पनि भेटघाट गर्ने बताईएकाे छ।
