फतिमा ओलीसँगको भेटमा कालो पोशाकमा देखिएकी थिइन् । उनले मास्क पनि कालो नै लगाएकी थिइन् ।फतिमाले कालो पोशाक र कालो मास्क चर्चामा छ । बालकोटमा ओलीलाई भेटेर फर्कंदा फतिमालाई कोटेश्वरमा एमसीसी विरोधीले कालो झण्डा समेत देखाए । प्रहरीले कालो झण्डा देखाउनेलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, फतिमा सोमारबारे चासो बढेको छ । उनीसँग अक्सफाम अमेरिकामा रहेर काम गरेको अनुभव पनि छ । विकास र गरिबीविरुद्धको कार्यक्रममा उनले अनुभव हासिल गरेकी छिन् । लैगिंक अधिकार, रणनीतिक सुपरीवेक्षण तथा मूल्यांकनका क्षेत्रमा उनी पोख्त छिन् ।
अमेरिकी सरकारको विभिन्न क्षेत्रमा काम गरेकी उनले अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एशियामा उप सहायक सचिवका रुपमा काम गरेकी थिइन् ।
