Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फिलिपिन्स: राष्ट्रपति रोड्रिगो डुटेर्टे अब निर्वाचनमा उपराष्ट्रपति पदमा उठ्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 9, 2021
[webverse_shares]

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आगामी निर्वाचनमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन आफ्नो दलको मनोनयन स्वीकार गरेका छन्।

फिलिपिन्सको संविधानले राष्ट्रपतिलाई दोस्रो कार्यकाल काम गर्न अनुमति दिँदैन।

डुटेर्टेले शक्तिमा बसिरहने उद्देश्यसहित उपराष्ट्रपति पदमा चुनावमा उठ्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन्।

तर डुटेर्टेले आफू देशको मायाबाट प्रेरित भएको दाबी गरेका छन्।

बीबीसी संवाददाता सेलिया ह्याटनका अनुसार उपराष्ट्रपति बनेर आफूले नै सत्ता चलाउन डुटेर्टले राष्ट्रपति पदका लागि कमजोर पात्र खोजेको कतिपयको आशङ्का छ।

  • अमेरिकी फौजद्वारा लुटिएका घण्ट ११७ वर्षपछि फिर्ता
  • फिलिपिन्सको हवाई दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु, ४० जनाको उद्धार

रोड्रिगो डुटेर्टेले उनी निकट सिनेटर क्रिस्टोफर “बोङ'” गोलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन आग्रह गरेका थिए।

तर बुधवार पार्टीले गरेको प्रस्ताव आफ्नो “मन र मस्तिष्क जनताको सेवामा केन्द्रित रहेको” भन्दै उनले अस्वीकार गरे।

गोले आफ्नो निर्णय पुनर्विचार गरून् भन्ने पार्टीले चाहेको भए पनि डुटेर्टेकी छोरीले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्ने सङ्केत देखिएको छ।

यसै वर्ष भएका सबैजसो मत सर्वेक्षणमा अग्रस्थानमा देखिएकी सारा डुटेर्टे कार्पियोले उम्मेदवारी दिने विषयमा मिश्रित सङ्केतहरू देखाएकी छन्।

डुटेर्टे सन् २०१६ मा निर्वाचन जितेर राष्ट्रपति बनेका थिए।

उनले अपराध घटाउने र लागुऔषधको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर आलोचकहरूले डुटेर्टेले सन्दिग्ध मानिसको गैरन्यायिक हत्या गर्न प्रहरीलाई प्रोत्साहन गरेको बताउने गरेका छन्।

उनी राष्ट्रपति भएको पहिलो छ महिनामा सात हजार जनाभन्दा बढी मानिसको प्रहरी वा परिचय नखुलेका सशस्त्र समूहले हत्या गरेको एम्नेस्टी इन्टरन्याश्नलको एउटा प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved