Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मूल्य बढेर छोइनसक्नु छ तरकारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 9, 2021
165 shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको एक महिना अर्थात २३ साउन र बुधबार २३ भदौको औषत थोक मूल्य हेर्दा तरकारीको भाउ चार गुणासम्म वृद्धि भएको पाइएको छ ।

अदुवा, आलु (रातो/सेता), काउली स्थानीय, काँक्रो, खुर्सानी हरियो (अकबरे), गाजर लोकल, गोलभेडा सानो (टनेल), घिउ सिमी (लोकल/हाइब्रिड/टाटे), घिरौंला लगायतका तरकारीको मूल्य बढेको छ । यसैगरी चमसुरको साग, न्यूरो, तोरीको साग, रायोको साग, हरियो धनिया, चिचिन्डो, च्याउ (डल्ले), झिंगुनी, तिते करेला, परवर (लोकल), प्याज हरियो, फर्सी (पोकेको/हरियो डल्लो), बोडी (तने/मकै), ब्रो काउली, भन्टा( डल्लो/लाम्चो), भिन्डी, भेडे खुर्सानी, रातो बन्दा, लसुन (हरियो/सुकेको नेपाली), लौका, सेतो मुला हाइब्रिड र स्कुसको मूल्य पनि बढेको समितिले जनाएको छ ।

तिते करेलाको मूल्य चार गुणाले वृद्धि, अन्य तरकारीको मूल्य कति पुग्यो ?

२३ साउनको तुलनामा बुधबार तितेकरेलाको प्रतिकेजी मूल्य चार गुणाभन्दा बढीले वृद्धि भएको छ । २३ साउनमा तिते करेलाको प्रतिकेजी मूल्य २० रुपैयाँ थियो । बुधबार ६५ रुपैयाँले बढेर प्रतिकेजी ८५ रुपैयाँ कायम भएको छ ।

तने बोडी र घिरौंलाको प्रतिकेजी मूल्य तीन गुणाले वृद्धि भएको छ । साउन २३ गते तने बोडीको मूल्य २५ रुपैयाँ हुँदा बुधबार यसको भाउ बढेर ७५ रुपैयाँ कायम भएको छ । यस्तै घिरौंलाको प्रतिकेजी मूल्य साउन २३ गते १७.५० पैसा थियो । तर बुधबार भाउ बढेर यसको प्रतिकेजी मूल्य ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी लौका, लसुन हरियो, ब्रो काउली र हरियो धनियाको मूल्य दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । साउन २३ मा लौकाको प्रतिकेजी मूल्य २५ रुपैयाँ हुँदा बुधबार भाउ बढेर ५५ रुपैयाँमा आइपुगेको छ । यस्तै हरियो लसुन, ब्रो काउली र हरिया धनियाको प्रतिकेजी औसत मूल्य क्रमशः १४५, २३० र २६३ रुपैयाँले वृद्धि भएर २९०, ३७५ र ४०० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved