Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“अस्थिरता, विकृति र विसंगतिले भरिएको सदन अब चल्दैन, यसले विधेयक पास गर्न पनि सक्दैन” सांसद महेश बस्नेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 9, 2021
33 shares
काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले संसद् चल्ने स्थिति नभएकाले अग्रीम चुनावमा जानुपर्ने बताएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीको गलत व्याख्या गरेर समानान्तर न्यायालय चलाउन खोजेको आरोपसमेत लगाए ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “अस्थिरता, विकृति र विसंगतिले भरिएको सदन अब चल्दैन, यसले विधेयक पास गर्न पनि सक्दैन । यो थारो गाईजस्तै हो । यो संसद्लाई जतिसक्दो चाँडो अन्त्य गरेर अर्ली इलेक्सनमा जानुपर्छ । फागुनदेखि वैशाखसम्म सबै तहको निर्वाचन एकैचोटि गराउनुपर्छ । अब फैसला गर्ने जिम्मा जनतालाई दिऊँ ।”
एमालेको १४ जना सांसदलाई कारबाही नगरेकाबारे परेको मुद्दा अदालतमा विचाराधीन रहेकाले भदौ २८ गतेसम्म पर्ख भन्दा पनि सभामुखले जबर्जस्ती गरेकाले संसद्मा अवरोध गर्नुपरेको उनको जिकिर छ । उनले थपे, “अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्न कानुनमन्त्री पठाउनुभएको थियो । अब त सम्बन्ध सुध्रिएला भनेको फेरि माधव नेपाल र प्रचण्डले वातावरण बिगारिसकेछन् ।”
नेता बस्नेतले सभामुखले अरु दललाई एउटा र एमालेलाई अर्को कानुन लगाउन नमिल्ने बताए । निर्वाचन आयोग, सर्वोच्च अदालत र सभामुखले सेटिङ चलाएको आरोप पनि लगाए । लोकतान्त्रिक मान्यतालाई चुनौती दिएर अध्यादेश ल्याइएको र देशीविदेशी शक्तिको डिजाइनभित्र माधव नेपाल एउटा पात्रका रुपमा खडा भएको उनको दाबी थियो ।
माधव नेपालको पार्टी चाँडै फुट्ने भविष्यवाणी पनि उनले गरे । उनले थपे, “माधव नेपालको पार्टीमा भक्तपुरबाट जम्मा एक जना मात्र जनप्रतिनिधि गए । अहिले माधव नेपालको भागमा पाँच वटा मन्त्रालय परेको छ, ३० जनालाई अवसर दिन्छु भन्दै हिँड्नुपरेको छ । त्यो पार्टी चाँडै फुट्ने स्थिति आउँछ ।”

एमसीसीबारे पठाइएका प्रश्न र जवाफ नाटक भएको पनि उनको दोषारोपण छ । उनले भने, “११ बुँदे प्रश्न र जवाफ नाटक मात्र हो । सतहमा आएका प्रश्न र उत्तरले एमसीसी पारित गर्न भूमिका खेल्दैन । सरकारले जालझेलपूर्ण ढंगले सदन छलेर पास गर्ने योजना बनाएको छ । अब प्रचण्ड र बाबुरामको राष्ट्रवादको परीक्षण हुन्छ । एमाले फुटाएर बहुमत पुग्यो भन्दै प्रधानमन्त्री जुँगा मुसार्दै हिँड्नुभएको छ । एमालेलाई विश्वासमा लिन सरकारले के प्रस्ताव ल्याउँछ, त्यस आधारमा निर्णय हुन्छ ।”

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved