Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यो सरकारले राष्ट्रियता जोगाउन सकेन-पुर्व प्रधानमन्त्री केपी ओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2021
319

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन्। मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए।

‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो’, उनले भने, ‘२ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन।’ नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भए पनि पार्टी एकता अहिले कायमै रहेको बताएका उनले प्रचण्ड समूहमात्रै बाहिरिएको टिप्पणी गरे।

फरक प्रसंगमा ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवाकाे सरकारले नसकेको बताए। ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाएका हुन्।

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो। तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि। तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ।’ अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका ओलीले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन?’

उनले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको पनि आरोप लगाए। उनले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकाेप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाए।

‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भने । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved