Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमसिसी लागुगर्दा नेपाललाई घाटा हुन्न : डा. गोविन्दराज पोखरेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2021
222 shares

काठमाडौं। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले एमसीसीबाट नेपाललाई केही घाटा नहुने बताएका छन् । नेपालले आयोजना समयमै सम्पन्न गर्ने व्यवस्थापकीय ज्ञान र क्षमता बढाउनका लागि एमसीसी महत्त्वपूर्ण हुने उनको विश्लेषण छ ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पोखरेलले भने, “एमसीसीबारे केही व्यक्ति र समूहले अनेक आशंका र भ्रम सिर्जना गरेका छन् । सरकारले त्यसर्री चित्त नबुझेका ११ वटा प्रश्न अमेरिकी सरकारलाई पठाएको छ । अर्को अर्थ लगाइएका बुँदाको थप व्याख्या गरेर स्पष्टीकरण दिनेछ । एमसीसी उपाध्यक्ष आएका बेला माइन्युट अफ मिटिङ गरेर एमसीसीलाई अघि बढाउनुपर्छ । एमसीसीबाट नेपाललाई केही घाटा छैन ।”

डा. पोखरेलले एमसीसी देश कंगाल भएर या पैसा नभएर ल्याउन लागेको नभई व्यवस्थापकीय ज्ञान सिक्ने र क्षमता विकास गर्ने सिक्ने महत्त्वपूर्ण अवसर हुने बताए । सरकारी आयोजनाहरु समयमै सम्पन्न नहुँदा महँगो बन्न गएर जनतामा भार बढेको उनले औंल्याए । उनले थपे, “सरकारी आयोजना भनेका जनताको करबाट बन्ने हुन् । सरकारी आयोजनाको कुरा गर्दा हिजो माथिल्लो तामाकोसी ३५ अर्बको थियो, अहिले ९० अर्ब पुगिसक्यो, कहिले सम्पन्न हुने हो ठेगान छैन । मेलम्चीको लागत कहाँबाट कहाँ पुगिसक्यो । सरकारी आयोजना महँगो हुनु भनेको जनताले सेवाशुल्क तिर्ने हो ।”

जलविद्युत् आयोजनाका कुरा गर्दा खिम्ती र भोटेकोसीबाट नेपालले पाठ सिक्नुपर्ने उनले औंल्याए । उनले भने, “हो खिम्ती र भोटेकोसी आयोजना महँगो भए, धेरै पैसा उनीहरुले नै लगे तर प्रविधि र ज्ञानसीप हस्तान्तरण भएकाले सय मेगावाटभन्दा साना आयोजना आज नेपालकै जनशक्ति र निर्माण व्यवसायीबाट भइरहेको छ । हामीले बाहिरबाट लगानी ल्याउनुपरको छैन । धेरै जलविद्युत् आयोजना हामी आफैंले सञ्चालन गरेका छौं । नर्वेजियन र अमेरिकनबाट हामीले केही त पक्कै सिक्यौं ।”

उनले एमसीसी नेपालको हितमा रहेको दोहोर्याए । उनले थपे, “एमसीसी परियोजना नेपाल सरकारले नै चलाउने हो, नेपालले नै खर्च गर्ने हो, पाँच वर्षभित्र खर्च गर्न नसके उसैले फिर्ता लाने हो । त्यसको अर्थ के हो भने आयोजना समयमै सम्पन्न गर्नुपर्छ । त्यसैले यो नेपालको हितमा छैन भन्नुको अर्थ छैन । लोकतन्त्रमा छलफल र बहस हुन्छ । यसमा सरकारले जनतालाई ढुक्क बनाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved