Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2021
93 shares

काठमाडौँ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेसँगै संघको नेतृत्व युवापुस्तामा आएको हो ।

नेपाली जडिबुटीजन्य आयुर्वेद औषधीको उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको संघले अब अध्यक्ष मानबहादुर साउदसँगै उपाध्यक्षद्वय डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सहकोषाध्यक्षमा डा. सुमन पौडेलको युवादस्ता निर्विरोधरुपमा पाएको छ । तेह्र सदस्यीय कार्यसमितिका सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन् ।

पछिल्लो समय अर्बौँ रुपियाँको आयुर्वेद औषधी उत्पादन गर्ने हैसियत बनाउन सफल संघको नेतृत्व प्रत्येक दुई वर्षमा परिवर्तन गर्ने संघको विधानअनुसार यसपालिको नयाँ कार्यसमितिमा नयाँ र जोशिला युवाहरुको वर्चश्व कायम रहेको हो । यसअघि साउद संघको उपाध्यक्ष, पोण्डय महासचिव, खनाल सचिव र बज्राचार्य कोषाध्यक्ष थिए । उपाध्यक्ष भट्टराई र सचिव आचार्य संघको पदाधिकारीका रुपमा नयाँ अनुहार हुन् । त्यस्तै सदस्यहरुमासमेत केही नयाँ अनुहारलाई मौका दिइएको छ । अधिकांश पदाधिकारी र सदस्यहरु युवा छन् । उनीहरुमा उद्योग सञ्चालनको लामो अनुभव, जोश र जाँगरले आगामी दिन आयुर्वेद औषधी उत्पादनले थप उचाइ लिने विश्वास गरिएको छ ।

डा. नारायणप्रसाद अर्याल संयोजक रहेको निर्वाचन मण्डलका सदस्यद्वय शिव ज्ञवाली तथा सुरज भट्टराईले निर्वाचनका सम्पूर्ण विधि प्रक्रियाहरु पूरा गरेर नयाँ कार्यसमितिका सदस्यहरु निर्वाचित भएको जानकारी दिए । सदस्यद्वय ज्ञवाली र भट्टराईले औषधी उत्पादनका क्षेत्रमा संलग्न सबै मिलेर आफ्ना हक अधिकार प्राप्तिका लागि अगाडि बढ्न सबैलाई सुझाएका थिए ।

लामो समय संघको अध्यक्षमा रहेर आयुर्वेद उत्पादनका क्षेत्रमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेल भावुक बन्दै भने, ‘‘मैले दुःखले संघलाई यो ठाउँमा ल्याए । हिजो र आजको दिन फरक छ । अब अर्बौँको आयुर्वेद औषधी उत्पादन गर्ने र बिक्रीवितरण गर्ने ठाउँमा आएको संघलाई बचाउने जिम्मेवारी तपाईंहरु युवामा समर्पित गरेको छु । तपाईंहरु फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ । मैले संघलाई घाटामा होइन, नाफामा ल्याएर तपाईंहरुलाई सुम्पेको छु । मेरो भूमिका पक्कै पनि सकारात्मक नै रह्यो होला ।’’ विसं. २०५९ सालमा स्थापना भएको संघले १९ वर्षे कार्यकालमा युवा नेतृत्व पाएको स्मरण गराउँदै संस्थापक अध्यक्ष डा. नारायणप्रसाद अर्यालले नयाँ आउने कार्यसमितिमा युवाको प्रवेश आफैँमा सन्तोषजनक भएकोले संघले अझ सशक्त भूमिका निभाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्वाचत भएलगत्तै नवनिर्वाचित अध्यक्ष साउदले पछिल्लो परिवेशमा आयुर्वेद औषधी उत्पादनका क्षेत्रमा अत्याधिक चुनौती रहेको र आफूहरुले त्यो सामना गर्ने दाबी गरे । साउदले भने, ‘‘पक्कै पनि आयुर्वेद उत्पादनका क्षेत्रमा हामी उत्पादकहरु चौतर्फी घेराबन्दीमा छौँ । यहाँ सरकारको रबैयादेखि विदेशी औषधीहरुको प्रवेशले हामीलाई चुनौतीको चाङ थपेकोथप्यै हुन्छन् । तर साथीहरु हो, हामी डराएर पछिहट्ने होइन, अघि बढ्ने हो । समस्या छन्, तिनको समाधान गर्नुपर्छ भनेरै मेलै अध्यक्ष बन्ने चाहना राखेको थिएँ, र मेरो चाहना बमोजिम नै यो सब भएकोले म निवर्तमान अध्यक्षसहित सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन पनि चाहन्छु । गर्नुपर्ने कामहरु धेरै छन्, हामीसँग प्लाटफर्म छ, गर्ने मात्रै फलोअप हो । करका कुरा, सरकारी नीति, नियम एवं भन्सार छुटका सवालमा हामी एकत्रित भएर लड्नुपर्ने आवश्यकता छ । साथीहरुले मलाई यी यावत् विषयमा साथ सहयोग गर्नु नै हुनेछ । बुटवलबाट आयुर्वेद उत्पादनका क्षेत्रमा साथीहरुले धेरै मेहनत गर्नुभएको छ । आगामी दिनमा बुटवल च्याप्टर बनाउनुपर्छ, ताकि त्यसले उता पनि आयुर्वेद उत्पादनका क्षेत्रमा काम गरिरहनुभएका साथीहरुलाई थप हौसला मिल्नेछ । म एकपटक मात्रै अध्यक्ष बन्ने हो, त्यसपछि नयाँ साथीहरु आउनु हुनेछ । पद ओगटिरहने मेरो इच्छा छैन ।’’
कार्यक्रमका प्रस्तोता एवं नवनिर्वाचित महासचिव पाण्डेयले उद्योगको महत्व दर्शाउँदै ‘धन कमाउन व्यापार गर, इज्जत पाउन समाज सेवा गर, धर्म कमाउन दान गर, ती सबै कुराहरु पाउनलाई उद्योग गर’ भन्ने भनाईलाई पुष्टि गर्न पनि उद्योगको महत्व रहेको जिकिर गरे ।

वरिष्ठ आयुर्वेद चिकित्सक एवं सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा. बाबुराजा अमात्यले आयुर्वेद औषधी उत्पादकहरुको सहभागिताले यस क्षेत्रमा सकारात्मक सन्देश दिएको भन्दै समस्याकाबिच नै काम गर्दै अगाडि बढ्नुपर्ने बताए । अमात्यले भने, ‘‘तपाईंहरु मात्रै होइन, म अध्यक्ष रहेको सिंहदरबार वैद्यखानामा पनि समस्याको चाङ छ । साथीहरुले वैद्यखानाले जिएमपी मापदण्ड अपनाएर आफूलाई मोडेल बनाएको भए हामीले त्यहाँबाट पनि सिक्न सक्थ्यौँ भन्नुभयो । पक्कै पनि म त्यहाँ जानुभन्दा अघि मलाई पनि धेरै काम गर्न सकिन्थ्यो होला जस्तो लाग्थ्यो । तर समस्याकाबिच उभिएर काम गर्न गाह्रो रहेछ । तसर्थ, साथीहरु हतोत्साही नभइ काम गरौँ, गुणस्तरीय औषधी उत्पादन गर्ने हामी सबैको दायित्व हो । भोलिका दिनमा आयुर्वेद क्षेत्रको भविष्य राम्रो छ ।
’’

उद्घाटन सत्रका अवसरमा शुभकामना मन्तव्य दिँदै संघका निवर्तमान उपाध्यक्ष रामचन्द्र पन्थीले काम गर्न भन्दा सरकारी ऐन, नियमले हैरानी पार्ने गरेको बताए । औषधी उत्पादनका क्षेत्रमा संलग्न सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रमका अर्का वक्ता नेपाल औषधी उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहालले नेपाली जडिबुटीसँग आवद्ध भएर आयुर्वेद औषधी उत्पादन गर्दै आउनुभएका संघका साथीहरुले आधुनिक मेडिसिनमा भन्दा बढी समस्या भोग्दै आएकोमा दुःख व्यक्त गर्दै कर छुटमा भन्दा पनि उद्योगी व्यवसायीहरुलाई कमाइ गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरे । दाहालले भने, ‘‘औषधी उत्पादनका क्षेत्रमा आयुर्वेदलाई एलोप्याथीसँग तुलना नगरी छुट्टै नीति बनाइदिनुपर्छ । हाम्रा पितापुर्खाले छोडेको ज्ञान र सीपलाई संग्रहित गर्दै आयुर्वेद उद्योगीहरुले महत्वपूर्ण काम गर्दै आउनुभएको छ । राज्यले आधारभूत संरक्षणको व्यवस्था गरिदिनुपर्छ । अहिले पनि कूल गाह्र्रस्थ उत्पादनमा नेपाली उद्योगहरुको भूमिका जम्माजम्मी ७ प्रतिशत मात्रै छ, त्यो भनेको नेपालमा उद्योगमैत्री वातावरण नभएर नै हो । भारतकै कुरो गर्नुहुन्छ भने एउटै उत्पादनले खर्बौँ रुपियाँ आर्जन गर्न सक्छ, हामीकहाँ दुईसय उद्योगले एक करोड नाफा आर्जन गर्न सक्दैनन् । यो विडम्बनापूर्ण अवस्थामा हामी कसरी अगाडि बढ्न सक्छौँ ?’’

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि फैलिएपछि त्यसको मारमा नेपाली उद्योगी व्यवसायीहरु परेका छन् । संघको राष्ट्रिय महाधिवेशनमा देशैभरि छरिएर रहेका उद्योगीहरु भेला हुने भनिए पनि कोभिड संक्रमणमा कमी नभएकाले सरकारले तोकेअनुसारकै स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्रम सम्पन्न गरेको नवनिर्वाचित महासचिव पाण्डेयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved