बर्षायाम सकिने समय भयतापनि याे बर्ष झरि बर्षाले अझै छाेडेकाे छैन। हिजाेरात भरकाे बर्षाकाे कारण उपत्यकाकै बिभिन्नठाउँमा डुबान हुनुको साथै सयाैँ घरहरु डुवानकाे चपेटामा परे भने कयाैँ धनजनकाे क्षेति भएकाे छ।


बर्षाकै कारण पहिराे जाँदा सडक खण्डहरुमा सवारि आवागमनमा समस्या झेलिरहेकाे नागरिकहरु भदाै १३ काे बाढि पहिराेकाे कारण नेपालकाे पश्चिममि भागमा पनि याे समस्याले दुख दिएकाे छ। बिनासकारि बाढिपहिराेकाे कारण दुहुका वडा र कतिपय ठाउँतथा टाेलहरुसमेत सडक र पुल बाटाे घाटाे बिहिन हुन पुगेकाे छ।

त्यसकै पिडामा पिल्सियकाे नागरिकहरुकाे दुखमा साथदिँदै समाजसेवि तथा खसान संघर्ष समितिका उपाध्यक्ष रघुविर सिंह ठकुरिले ६ वटा काठे पुल र एउटा स्कभर समेत निर्माण गरिदिएकाे स्थानिय कृष्ण महराले जानकारि दिए।
जस मध्य : खरिखान- नानिगडा काठेपुल भल्भडे- उडालुगाड काठेपुल घट्टेगाड काठेपुल लिखाकालागाड – भाडि काठेपुल सिमार – कालागाड काठेपुल दुल्ला स्कभर रहेकाे छ।

