काठमाडौं, स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि हामी गत एक दशकदेखि निरन्तर संघर्ष गर्दै आएका डा. गोबिन्द के सि लेकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नेलगायतका आफूसँग भएका समझदारी कार्यान्वयन नगरे जुनसुकै बेला सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् ।
सोमबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न पनि माग गर्दर्छौं । यी मागहरु पूरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउन चाहन्छौं ।’
केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनको पहिलो चरण टुंग्याउने बेला भएको सहमति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग गरेको स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र पदाधिकारी नियुक्तिका नयाँ मापदण्ड बनाउने लगायतका पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
