काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसि नेपालका लागि घातक हुने बताएका छन् ।नेता कार्यकर्ताहरुसँग अन्तरक्रियाका लागि देशव्यापी अभियानका क्रममा जुम्ला पुगेका नेता बास्तोलाले एमसिसि पारित गर्नु भनेको नेपाललाई काबुल बनाउनु भएको उल्लेख गरे । बास्तोलाले कुनै पनि हालतमा नेपालमा पारित गरी लागु गर्न नहुने बताए ।
अमेरिकाले नेपालमा एमसिसी कार्यान्वयनमा ल्याएर चीन र भारतलाई टुक्राउन खोजेको बताए । उनले भने, ‘चीन र भारतलाई टुक्राउने आधार नेपाललाई बनाउन खोजेको हो । यो प्रष्ट छ । भोलि नेपालमा काबुलको जस्तो घटना हुने हो ।
त्यसका लागि अहिले सरकार, नेता, कार्यकर्ता र नागरिक सचेत हुन आवश्यक छ ।’नेता बास्तोलाले मुख्य समस्या भनेकै वर्तमान राजनीतिक समस्या भएकाले संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नगरी विप्लव सरकारकामा सहभागी नहुने दाबी गरे ।
