बिटकोइनलाई मुद्राको कानुनी मान्यता दिने पहिलो देश बन्न लागेको मध्यअमेरिकी राष्ट्र एल् साल्भाडोरमा क्रिप्टोकरेन्सीको प्रयोगबारे आशङ्काहरू उत्पन्न भएका छन्।
एल् साल्भाडोरले आगामी मङ्गलवारबाट बिटकोइनलाई मुद्रासरह कानुनी मान्यता दिन लागेको छ।
त्यहाँको सरकारले यो कदमले आर्थिक समृद्धि र रोजगारी वृद्धि हुनसक्ने दाबी गरेको छ।
तर सर्वेक्षणहरूले सर्वसाधारण नागरिकहरू अझै बिटकोइन प्रयोगका लागि तयार भइनसकेको देखाएका छन्।
के बिटकोइन रेमिट्यान्सका लागि उपयुक्त माध्यम हो
क्रिप्टोकरेन्सी संस्थापक पासवर्डसहित मरेपछि १५ अरब रुपैयाँ बराबरको साइबर मुद्रा गायब
बिटकोइनलाई मान्यता दिने निर्णयविरुद्ध विश्व ब्याङ्कले समेत चेतावनी जारी गरेको छ।
विश्लेषकहरूले सरकारको निर्णयलाई “अधिनायकवादी सत्ता” बाट भएको “ध्यान तान्न खोज्ने कदम”को सङ्ज्ञा दिएका छन्।
बिटकोइन
तस्बिर स्रोत,GETTY IMAGES
गत जुन महिनामा त्यहाँको संसद्ले क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिने पक्षमा मतदान गरेको थियो।
नयाँ बिटकोइन कानुनका अनुसार अब व्यवसायले सामान अनि सेवाका लागि भुक्तानीमा अमेरिकी डलरसरह बिटकोइन स्वीकार गर्नुपर्छ।
जो मर्दा अरबौँ रुपैयाँ क्रिप्टोकरेन्सी लिएर स्वर्ग गए
चीनमा क्रिप्टोकरेन्सी कारोबार प्रतिबन्धित
साल्भाडोरले अमेरिकी डलरलाई देशको आधिकारिक मुद्राको रूपमा प्रयोग गर्दै आएको छ।
बिटकोइनलाई अमेरिकी डलरमा रूपान्तरण गर्न देशभरि २०० वटा उपकरणहरू जडान गर्न लागिएको बताइएको छ।
अनलाइन एप्लिकेशनमार्फत् प्रयोग हुने राष्ट्रिय मोबाइल वालेट प्रयोगका लागि मानिसहरूलाई प्रोत्साहित गर्न त्यहाँको सरकारले वालेट प्रयोगकर्तालाई ३० अमेरिकी डलरबराबरको बिटकोइन सित्तैमा दिने बताएको छ।
तर बिटकोइनलाई कानुनी मान्यता दिने घोषणादेखि नै एल् साल्भाडोर विभाजित देखिएको छ।
भिडिओ क्याप्शन सुरु हुँदैछ,
‘कम्पनी फिर्ता गर्न ४५ बिटकोइन मागे’: र्यान्समवेअरको यस्तो आतङ्क
हालै राजधानी सान् साल्भाडोरमा भएका प्रदर्शनहरूले मानिसहरूमा यसको प्रयोगबारे विश्वास नभएको र अझै पनि क्रिप्टोकरेन्सीसँग अपरिचित रहेको देखाएको छ।
सेन्ट्रल अमेरिकन यूनिभर्सिटीले गरेको एउटा सर्वेक्षणमा सहभागी भएका १,२८१ जनामध्ये ४.८ प्रतिशतले मात्रै बिटकोइन र क्रिप्टोकरेन्सीको प्रयोगबारे जानकारी भएको बताएका थिए।
सर्वेक्षणमा सहभागी ६८ प्रतिशतले बिटकोइनलाई कानुनी मुद्रा मान्न असहमत रहेको बताएका थिए।
के बिटक्वाइनको अन्त्य यसको ऊर्जा खपतले गर्छ
एक महिनामै गुम्यो इलोन मस्कको विश्वकै सर्वाधिक धनीको उपाधि
एल् साल्भाडोरका २० लाखभन्दा बढी मानिस देशबाहिर काम गरेर देशमा रहेका परिवारलाई रेमिट्यान्सका रूपमा पैसा पठाउँछन्।
त्यसले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै २० प्रतिशत योगदान गर्छ।
बिटकोइनले कसरी काम गर्छ भन्ने सबैले बुझेका हुँदैनन्
तस्बिर स्रोत,REUTERS
बिटकोइनलाई कानुनी मान्यता दिने निर्णयको समर्थनमा रहेकाहरूले भने विदेशबाट पैसा पठाउन सस्तो हुने बताएका छन्।
तर यसमा कतिपयको फरक बुझाइ छ।
“हालैको एक प्राज्ञिक शोधपत्रले यसको सटही खर्च झन् धेरै हुनसक्ने देखाएको छ,” क्रिप्टोकरेन्सी विश्लेषक ग्लेन गुडम्यानले भने।
“यो निर्णय ससाना व्यवसाय गर्नेहरूलाई उनीहरूको इच्छाविपरीत लागु गरिएको छ। चेम्बर अफ कमर्सको सर्वेक्षणले ८२.५ प्रतिशतले यसको मूल्यमा आउने उतारचढावका कारण बिटकोइनमा विप्रेषण लिन नचाहेको बताएका थिए,” उनले भने।
गुडम्यानका अनुसार राष्ट्रपति नायीब बुकेले पनि यस विषयमा चित्तबुझ्दो जबाफ दिन सकेका छैनन्।
