Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले कसरी सङ्कलन गर्‍यो चट्टानको नमुना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
84 shares

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले दोस्रो प्रयासमा मङ्गल ग्रहबाट चट्टानको नमुना सङ्कलन गरेको पुष्टि गरेको छ।

उक्त रोबटले “रोशेट” नाम दिइएको एउटा बाक्लो ढुङ्गामा प्वाल पारेर उक्त नमुना निकालेको हो।

तस्बिरहरूमा ढुङ्गाको भित्री भागबाट सुरक्षित रूपमा नमुना निकालिएको प्रमाण पाइएको छ।

गत महिना गरिएको पहिलो प्रयासमा सङ्कलन गर्न खोजिएको नमुना धूलोपिठो भएको थियो।

पृथ्वीबाहिर कुनै ग्रहबाट पृथ्वी ल्याउन चट्टान सङ्कलन गरिएको यो पहिलो पटक हुनेछ।

यस्तो रहेछ मङ्गल ग्रहको भित्री संरचना
चिनियाँ रोभर जुरोङले मङ्गल ग्रहबाट पठाएका भिडिओ सार्वजनिक
उक्त रोभरले आगामी वर्षभित्र दुई दर्जन वटाभन्दा बढी नमुना सङ्कलन गर्ने जिम्मा पाएको छ।

यो दशकको अन्त्यतिर अमेरिका र युरोपको संयुक्त प्रयासमा ती नमुना अनुसन्धानका लागि पृथ्वीमा ल्याइने योजना छ।

चट्टानमा प्वाल पार्ने अभ्यास साँच्चै सफल भएको घोषणा गर्नका लागि नासाले मङ्गल ग्रहमा खिचिएका थप तस्बिरहरू कुरेको थियो।

मङ्गल ग्रह
तस्बिर स्रोत,NASA
“अझ निश्चित हुन राम्रो प्रकाश भएका थप केही तस्बिर चाहिन्छ,” रोभरका प्रमुख इन्जिनियर एडम स्टेल्ट्ज्नरले केही दिनअघि ट्वीट गरेका थिए।

जेजेरो नामक खाडलको त्रिवेणीमा प्राचीन संरचना संरक्षित भएको मानिन्छ
तस्बिर स्रोत,NASA/JPL/JHUAPL/MSSS/BROWN UNIVERSITY
तस्बिरको क्याप्शन,
जेजेरो नामक खाडलको त्रिवेणीमा प्राचीन संरचना संरक्षित भएको मानिन्छ

नासाको पर्सिभिअरन्स रोबटले गत फेब्रुअरी महिनामा मङ्गल ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो।

मङ्गल ग्रहको मध्यरेखाबाट २० डिग्री उत्तरमा अवस्थित उक्त खाडल गहिरो छ र ४५ किलोमिटर चौडा छ।

त्यहाँ अर्बौँ वर्षअघि विशाल ताल भएको विश्वास गरिन्छ।

त्यसैले मङ्गल ग्रहमा जीवन अस्तित्वमा थियो भने जेजेरोको थेगरमा प्राचीन सूक्ष्मजीवको अंश भेटिन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

मङ्गल ग्रहमा अक्सिजन बनाउन नासा सफल
पहिलो पटक मानवसहित अन्तरिक्ष गएको यानमा यस्ता खतरा थिए
अवतरण गरिएको ठाउँबाट रोबट दुई किलोमिटरभन्दा केही पर गुडेर “सिटडेल” नाम दिइएको डिलमा पुगेको छ।

सोही स्थानमा भएको चट्टानमा प्वाल पारेर नमुना सङ्कलन गरिएको हो।

पेभर स्टोन – मङ्गल ग्रहमा प्वाल पारिएको पहिलो चट्टान
तस्बिर स्रोत,NASA/JPL-CALTECH
तस्बिरको क्याप्शन,
अगस्ट महिनामा पेभर स्टोनमा प्वाल पार्दा सङ्कलित नमुना धूलिएको थियो

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved