Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल-भारत फुटबल: खेलाडीलाई मात्र हैन प्रशिक्षकलाई पनि पहेँलो कार्ड, किन हुन्छ दुई देशबीचको खेलमा सधैँ तनाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
1.6K

नेपाल र भारतबीच दशरथ रङ्गशालामा बिहीवार र आइतवार दुई मैत्रीपूर्ण फुटबल खेल भए।

मैत्रीपूर्ण फुटबलको उद्देश्य थियो अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारी। अर्थात् दुवै टोलीले माले पुग्नुअगाडि आफ्नो टोलीमा देखिएका कमीकमजोरी सुधार्ने प्रयास।

तर मैदानमा देखिएका घम्साघम्सीका दृश्यहरूले भने ती खेललाई मैत्रीपूर्ण वा अभ्यास खेल भनिरहेका थिएनन्।

मैदानको प्रतिस्पर्धा यस्तो थियो कि मानौँ यी दुई टोली कुनै ठूलो प्रतियोगिताको उपाधि हात पार्न भिडिरहेका छन्।

मैदानभित्र खेलाडीको जोस जस्तो थियो, बक्समा खेल पदाधिकारीहरूको अवस्था पनि उस्तै तनावपूर्ण थियो।

मैदानमा उपस्थित दर्शकहरूको हुटिङ त भन्नै परेन। “नेपाल, नेपाल…” को निरन्तर नारा र आफ्नो खेलाडीको समर्थन त छँदैछ, विपक्षीलाई हुटिङ पनि उत्तिकै थियो।

दोस्रो खेल हेर्न पूर्वप्रधानमन्त्री केपी ओली र वर्तमान गृहमन्त्री बालकृष्ण खाँड पनि खेल हेर्न पुगेका थिए।

ब्रजिल र आर्जेन्टिनाबीचको विश्वकप छनोट खेल सुरु भएको पाँच मिनेटपछि स्थगित
रोनाल्डो बने सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने फुटबल खेलाडी
खेल सम्हाल्न रेफ्री प्रज्वल क्षेत्रीलाई हम्मेहम्मे नै पर्‍यो। उनले खेलमा चार पहेँलो कार्ड देखाए।

उनले नेपाली प्रशिक्षक अब्दुल्ला अल्मुटाइरीलाई चेतावनी दिनुपर्‍यो र भारतीय प्रशिक्षक इगोर स्टिमाक त पहेँलो कार्ड नै दिए।

तनावको त्यो माहौलमा २ -१ ले भारतको पक्षमा सकिएको खेललगत्तै पोस्ट-म्याच प्रेस कन्फ्रेन्समा भारतीय प्रशिक्षक स्टिमाकले भने, “खासमा यो मैत्रीपूर्ण खेल हो। तर मैत्रीपूर्णभन्दा धेरै बढी देखियो।”

सधैँ प्रतिस्पर्धा
भारतका क्रोएशियाली प्रशिक्षक स्टिमाकले नेपाल र भारत बीचको फुटबल प्रतिद्वन्द्विताको इतिहास बुझे कि बुझेनन्, तर पहिलो खेलमा नेपालसँग १-१ को बराबरीमा रोकिएपछि उनी भारतमा आलोचित भइसकेका थिए।

भारतीय प्रशिक्षकलाई पहेँलो कार्ड
पछिल्लो समय भारतलाई राम्रो नतिजा दिन नसकिरहेका उनी खास गरी नेपाललाई पनि जित्न नसकेको भन्दै भारतीय मिडियाको तारो बने।

मैदानमा नेपाल र भारत भिड्दा यो खेल सामान्य स्तरभन्दा माथि उठ्छ।

राष्ट्रिय टोलीका पूर्वरक्षक राकेश श्रेष्ठ भन्छन्, “भारतसँग खेल्दा अर्कै जोस हुन्छ। किनकि भारतलाई जित्नु भनेको दक्षिण एशियामा च्याम्पियन बने जस्तै ‘फीलिङ’ आउने हो। त्यसैले ज्यान दिएर खेल्छौँ।”

इतिहास र नतिजाले पनि त्यही भनेको छ।

नेपाल र भारत बीचको फुटबल प्रतिस्पर्धा झन्डै चार दशक पुग्न लागिसक्यो।

नेपाल र भारतको तुलना
भारतलाई दक्षिण एशियाली फुटबलको “पावरहाउस” मानिन्छ। फुटबलको हरेक क्षेत्रमा भारत नेपालभन्दा उत्कृष्ट टोली हो।

राज्यले गर्ने लगानी, फुटबल पूर्वाधारको र नतिजाको हिसाबमा पनि भारतको लक्ष्य दक्षिण एशियाबाट माथिल्लो स्तरमा पुगेको देखिन्छ।

भारतको इन्डियन सुपर लीग आईएसएल विश्वकै महँगो घरेलु प्रतिस्पर्धाहरूमा गनिन थालिसकेको छ।

मेस्सीको नेतृत्वमा अर्जेन्टिनालाई कोपा उपाधि
लियोनेल मेस्सी अब बार्सिलोना क्लबमा नरहने
नेपाल साफ च्याम्पियनशिपको सेमिफाइनलभन्दा माथि उक्लिन सकेको छैन भने भारतले त्यो उपाधि सात पटक उचालिसकेको छ।

नेपाल र भारतबीच भएको फुटबल खेल

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved