Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अफगानिस्तान: तालिबानमाथि गर्भवती प्रहरीको हत्या गरेको आरोप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
[webverse_shares]

तालिबान समूहले अफगानिस्तानको एउटा सहरमा एक जना महिला प्रहरीको गोली हानेर हत्या गरेको प्रत्यक्षदर्शी बीबीसीलाई बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बानू नेगर नाम गरेकी ती महिला प्रहरीलाई घोर जिल्लाको फिरोजकोह सहरमा आफ्नै घरमा परिवार कै अघि मारिएको थियो।

अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका घटनाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ।

तालिबानले भने उक्त घटनामा आफूहरूको संलग्नता नरहेको बीबीसीलाई बताउँदै आफूहरूले घटनाको छानबिन गरिरहेको जनाएको छ।

को हुन् तालिबान लडाकु, कसरी भयो उदय
फेसबुकका लागि तालिबान ‘आतङ्कवादी संस्था’, सबै सम्बन्धित सामग्रीमा प्रतिबन्ध
प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने: ”यो घटना हामीले थाहा पाएका छौँ र म यो पुष्टि गर्छु कि तालिबानले उनलाई मारेको होइन, हाम्रो छानबिन जारी छ।”

तालिबानले यस अघि नै पूर्ववत् सरकारसँग काम गरेका मानिसहरूलाई आम माफी दिइसकेको उनले थपे र नेगरको मृत्युको कारण ”व्यक्तिगत दुस्मनी वा अन्य केही हुनसक्ने” बताए।

घटनाबारे बोले बदला लिन सक्ने डरका कारण स्थानीय बासिन्दाहरू मौन छन्। त्यसले गर्दा घटनाको विस्तृत विवरण अझै अस्पष्ट छ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिद पत्रकार सम्मेलनमा बोल्दै।
तस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन,
तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिद

परिवार सदस्यहरूका अनुसार स्थानीय बन्दीगृहमा कार्यरत नेगर गर्भवती थिइन्। उनको कोखमा आठ महिनाको बच्चा थियो।

शनिवार उनको घरमा तीन जना बन्दुकधारी आएको र परिवारका सदस्यहरूलाई बाँधेर राख्नु अघि घरमा खानतलासी गरेको आफन्तहरू बताउँछन्।

ती बन्दुकधारीहरूले अरबी भाषामा बोलेको सुनिएको एक जना प्रत्यक्षदर्शी बताए।

सरकारी कर्मचारीलाई आममाफी: तालिबान
‘तालिबान घर आइपुगे मैले आत्महत्या गर्नुपर्ने हुनसक्छ’
गत अगस्ट १५ तारिखमा काबुल सहित अफगानिस्तानको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएसँगै तालिबानले आफूलाई विगत भन्दा बढी सहिष्णु समूहका रूपमा चित्रण गर्न खोजेको छ।

त्यो उसका विश्वव्यापी परिचय भन्दा फरक हो।

तर अफगानिस्तानका विभिन्न स्थानहरूमा अझै क्रूरता र दमनका घटनाहरू भएको सार्वजनिक भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved