गत साता संसारभरि भएका केही विभिन्न महत्त्वपूर्ण घटनासँग सम्बन्धित तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।
अफगानिस्तान छोड्ने अन्तिम अमेरिकी सैनिकः काबुलबाट अमेरिकी फर्किन
लागेको एउटा सैन्य विमानमा चढ्न जान लाग्दै मेजर जेनरल क्रिस डोनह्यू।
अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षे सैन्य अभियान अन्त्य गर्दै आफ्नो सेना फिर्ता गरेको हो
अमेरिकी सेना स्वदेश फर्किएपछि काबुल विमानस्थलमा अफगान वायुसेनाको एउटा विमानभित्र तालिबान लडाकुहरू
बेहुलीको भेषमा विरोधः लन्डनमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धित विरोधप्रदर्शनमा सहभागी एक महिला प्रहरीको भ्यानमा
समुद्री आँधी आइडाका कारण अमेरिकाको ठूलो वर्षा भएपछि न्यूयोर्क बाढीबाट प्रभावित भयो। अमेरिकाको पूर्वी भागमा उक्त समुद्रीको प्रकोपमा धनजनको क्षति भएको छ
अन्तरिक्षबाट समुद्री आँधी आइडा यस्तो देखियो।
अगस्ट २९ मा युरोपेली अन्तरिक्षयात्री टमस पेस्क्वेस्टले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट यो तस्बिर खिचेका हुन्
क्यालिफोर्नियाको ट्विन ब्रिजेजमा सीएरा-एट-टाहो डढेलोको प्रकोपमा परेको छ।
अहिले क्यालिफोर्नियाको ठूलो क्षेत्रमा डढेलो फैलिएकाले ३,५०० जनाभन्दा बढी अग्निनियन्त्रकलाई डढेलो निभाउन परिचालित गरिएको छ
