Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेस का दुई जल्दा बल्दा नेता महामन्त्री को लागि भिड्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2021
234 shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय विश्वप्रकाश शर्मा र गगन थापा १४ औं महाधिवेशनमा आमनेसामने हुने भएका छन्।

थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा भएको कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरेका थिए। थापा कांग्रेसमा संस्थापनइतर समूहमा छन्।

कांग्रेसमा यसपालिदेखि दुई वटा महामन्त्री प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्था गरिएको छ। मनोनित महामन्त्री हुने यसअघिको व्यवस्था विधानबाट हटाइएको छ।

थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट चुनाव लड्ने तयारीमा छन्। यद्यपी संस्थापनइतरबाट पौडेल वा अरू को सभापति पदको उम्मेदवार हुने भन्ने यकिन भइसकेको छैन। पौडेल आफैं पनि सभापति पदका आकांक्षी हुन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन्।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री पदमा लडेर पराजित भएका थिए। त्यसबेला पौडेल पक्षबाट महामन्त्री पदका उम्मेदवार कोइराला विजयी भए भने देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट उठेका थापा पराजित भएका थिए।

केसी र थापा अहिले संस्थापनइतर समूह पौडेलनिकट देखिएका छन्।

सभापतिमा संस्थापन पक्षबाट फेरि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा नै लड्ने तयारीमा छन्। देउवालाई लामो समयदेखि साथ दिँदै आएका उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ पनि सभापति उठ्ने दौडमा छन्। निधिले त सम्पर्क कार्यालय नै खोलिसकेका छन्।

यस्तै देउवा पक्षबाट महामन्त्रीमा लड्ने दाबेदारमध्ये एक हुन्- प्रवक्ता विश्वप्रकाश शर्मा।

देउवा पक्षबाटै महामन्त्री पदमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउद पनि आकांक्षी छन्। क-कसलाई महामन्त्री उठाउने चयन गर्न यसपटक सभापति देउवालाई कठिन पर्ने देखिएको छ।

संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी घोषणा गरेकोले उनीजस्तै युवा र लोकप्रिय उम्मेदवार खडा गर्न देउवालाई चुनौती छ। देउवाले महामन्त्रीमा प्रवक्ता शर्मालाई उभ्याउन सक्ने आँकलन भइरहेका छन्।

शर्माले पनि आफू महामन्त्री पदमा लड्ने संकेत पहिलेदेखि गरिसकेका छन् तर अरू उम्मेदवारले जस्तो औपचारिक घोषणा भने गरिसकेका छैनन्।

उनले आफू प्रवक्ताबाट रिटायर्ड हुन नआएको भन्दै चाँडै नै चुनावी मैदानमा देखा पर्ने बताएका छन्। वडा अधिवेशन सुरू भएको दिन भदौ १८ मा शर्माले भनेका थिए- चाँडै नै मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु। शर्मा यसअगाडि केन्द्रीय सदस्य मात्रै लडेका थिए।

स्रोतका अनुसार शर्माले यही साता महामन्त्री पदमा उम्मेदवारी दिनेछन्। शर्माले सम्भवत बिपी जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।

महामन्त्रीमा कुनै समूहबाट नपरे पनि एक्लै भए पनि लड्ने बताएका थापा र देउवा समूहबाट प्रवक्ता शर्मा आमनेसामने हुनेछन्। यतिमात्र होइन, दुई महामन्त्री पदका लागि कांग्रेसमा सात/आठ जना उम्मेदवार आकांक्षी छन्। आकांक्षीमध्ये क-कसले उम्मेदवारी दिन्छन् त्यो थाहा हुन केही समय लाग्नेछ।

महामन्त्रीमा पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि तयारी गरिरहेका छन्।

केन्द्रीय सदस्य प्रदीप पौडेल पनि महामन्त्री लड्ने तयारीमा छन् तर उनी कुन समूहबाट उम्मेदवार हुन्छन् यकिन भइसकेको छैन। पौडेल पक्षबाट केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरूङ, सरिता प्रसाईंलगायत पनि महामन्त्री पदमा उठ्ने तयारीमा छन्। यतिधेरै आकांक्षीबाट महामन्त्री उम्मेदवार तय गर्न पौडेललाई पनि सकस पर्ने देखिएको छ।

कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, निर्वाचित सदस्यमध्येबाट मनोनित एक कोषाध्यक्ष र १६९ सदस्यीय केन्द्रीय कमिटीमा ३३ मनोनितबाहेक १३६ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत् नै आउनेछन्।

अहिले धमाधम वडा अधिवेशन भइरहेका छन्।

देशका छ हजार सात सय ४३ वडाको अधिवेशन भदौ २६ भित्र सक्नुपर्नेछ किनकी भदौ २७ मा गाउँ/नगर अधिवेशन छ। गाउँ/नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुन्। क्रियाशील सदस्यबाट गाउँ/नगरमा कार्यसमिति चुन्ने विधानको व्यवस्था हालका लागि निलम्बन गरिएको छ।

कांग्रेसमा यसपटक युवाहरू हाबी छन्। करिब ९ लाख क्रियाशील सदस्यमा तीन लाखभन्दा धेरै युवा छन्। यसैपालि क्रियाशील सदस्य बनेकाहरू पनि महाधिवेशन प्रतिनिधि उम्मेदवार भएर चुनिन पाउँछन्, पहिलेजस्तो क्रियाशील लिएको चार वर्ष यसपालि हुनुपर्दैन।

पार्टीका तल्ला तहमा युवाहरू नै सभापतिलगायत कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। यसले माथिल्लो तहमा हुने उम्मेदवार र मतदाता (महाधिवेशन प्रतिनिधि) पनि धेरैजसो युवा नै आउने संकेत गरिसकेको छ।

थापाले वडा अधिवेशन सुरू भएको दिन भदौ १६ मा अब युवाहरू नेतृत्वमा आउने संकेतसमेत गरिसकेका छन्।

‘यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौं क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ वडा अधिवेशन हो,’ थापाले भनेका छन्। कांग्रेसमा ६० वर्ष उमेर समूहमाथिका जम्मा २० प्रतिशत क्रियाशील सदस्य छन्।

कांग्रेसमा प्रदेश नम्बर २ का आठवटै जिल्ला र अन्यत्र गरी २१ जिल्लामा वडा अधिवेशन सुरू हुन सकेको छैन। काठमाडौंमा पनि वडा अधिवेशन अनिश्चित छ। क्रियाशील सदस्यता विवाद टुंगोमा पुर्‍याउन नसक्दा निर्वाचन समितिले क्रियाशीलको नामावली पार्टी वेबसाइटमा प्रकाशन गर्न सकेको छैन।

क्रियाशील विवाद भएका ठाउँमा पुरानै क्रियाशील सदस्यबाट वडा अधिवेशन गर्न नेताहरू सहमत भए पनि विवादित ठाउँमा अझै वडा अधिवेशन कहिले हुने टुंगिएका छैनन्। कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृह बुकिङ भइसकेको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved