Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

न्यूजिल्याण्ड: सुपरमार्केटमा छुरा आक्रमण, ‘प्रतिआतङ्कवाद कानुन अझ कडा बनाइने’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 4, 2021
2.2K

प्रहरीको निगरानीमा रहेका एक व्यक्तिले अकल्याण्डमा छुरा प्रहार गरेको घटना सार्वजनिक भएपछि न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले प्रति आतङ्कवाद सम्बन्धी कानुनलाई थप कडा बनाउने बताएकी छन्।

संसद्‌मा अहिले नै विचाराधीन रहेको उक्त प्रस्तावित कानुन यो महिना सकिनु अगावै पारित गरिने उनले उल्लेख गरिन्।

हमलाकारी श्रीलङ्काको भएको र जुलाईमा रिहा हुनुअघि उनले तीन वर्ष जेलमा बिताएको उनले खुलासा गरेकी छन्।

उनले अदालतको आदेशले ती व्यक्तिलाई किन उनको देश फिर्ता गरिएन भनेर सार्वजनिक गर्न आफूलाई रोकेको बताइन्।

आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेका थिए र उनले हमला गर्दै गर्दा गोली हानेर मारिदिएका थिए।

हमलामा परेका तीन जनाको अवस्था गम्भीर छ।

पत्रकार सम्मेलनमा आर्डनले इतिहासलाई बदल्न सम्भवतः नसकिने भएपनि भविष्यलाई बदल्नसक्ने गरी कानुनमा परिवर्तन गर्न सबै जना तयार हुनुपर्ने धारणा राखिन्।

उनले हमलालाई ‘आतङ्कवादी आक्रमण’ को संज्ञा दिँदै सेप्टेम्बर महिनाको अन्त्यसम्ममा प्रति आतङ्कवाद सम्बन्धी कानुनको परिमार्जनलाई संसद्ले समर्थन जनाउने विश्वास व्यक्त गरिन्।

एउटा सुपरमार्केटमा इस्लामिक स्टेट समूहको घोषित समर्थक रहेका ती श्रीलङ्काली पुरुषले सात जनालाई छुरा प्रहार गरेका थिए।

शुक्रवारको आक्रमण अघि हमलाकारीलाई बारम्बार पक्राउ गरिएको थियो। तर प्रधानमन्त्री आर्डनका अनुसार समुदायभन्दा बाहिर उनलाई राख्ने सबै कानुनी प्रयास विफल भएका थिए।

हमला कसरी भयो
अकल्याण्डको एउटा सुपरमार्केट नजिकै शुक्रवार अपरान्ह उक्त घटना भएको थियो।

विशेषज्ञहरू सहितको एउटा निगरानी समूहले उक्त व्यक्तिलाई घरदेखि सुपरमार्केटसम्म पछ्याएको थियो।

ती व्यक्तिका बारेमा चिन्ताहरू भए पनि उनले शुक्रवार नै हमला गर्ने योजना बनाएका थिए भन्ने कुनै आधार नरहेको अधिकारीहरूले उल्लेख गरेका छन्।

उनी दैनिक उपभोग्य सामग्रीहरू किन्न त्यहाँ गइरहेको सुरक्षाकर्मीले ठानेका थिए।

जातिवादविरूद्ध विश्वव्यापी लडाइँको खाँचो: आर्डर्न
न्यूजिल्यान्डकी प्रधानमन्त्रीको प्रशंसा हुनुका कारण यस्ता छन्
तर स्टोरमा प्रवेश गरेपछि उनले छुरा निकाले र निरन्तर आक्रमण गर्न थाले।

एक जना ग्राहकले स्थानीय सञ्चार माध्यमलाई ‘पागल जस्तै दौडिएर’ ती व्यक्तिले अरू मानिसहरूलाई आक्रमण गरेको सुनाए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved