Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विभिन्न घटनामा संलग्न भएको अभियोगमा चितवन प्रहरी द्वारा चार जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 4, 2021
435

चितवन; जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने कलैया उपमानगरपालिका–६ का ३५ वर्षीय कृष्ण साह रहेका छन् ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीका अनुसार बुलेट मोटरसाइकल दुई थान, पल्सर २२० सिसिको दुई थान, पल्सर एनएस एक थान बरामद गरिएको हो ।

यस्तै दुई थान मोटरसाइकलको भाइजर, मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने विभिन्न सामग्री मोटरसाइकलका विभिन्न किसिमका पाटपुर्जा, पुराना सामान झिकिएका मोटरसाइकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र विभिन्न जिल्लाका नागरिकता प्रमाणपत्रको खाली कार्ड १८ थान बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

चोरीका मोटरसाइकलमध्ये चार वटा काठमाडौँका विभिन्न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताए । निज श्रेष्ठ यसअघि पनि यही अभियोगमा पक्राउ परेका थिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम तीन वर्ष कैद र रु ३० हजार जरिवाना हुने उनले जानकारी दिए । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताए ।

चोरीका मोबाइलसहित दुई जना पक्राउ

पूर्वी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ र १६ वर्षीय युवक रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उनीहरुले भदौ १२ गते मोबाइल पसलमा चोरी गरी १९ थान मोबाइल, डमी मोबाइल १२ थान, ल्यापटप एक थान र घडी चार थान चोरी गरेका थिए । पक्राउ परेका उनीहरुको साथबाट डमी मोबाइलबाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिक तीन वर्ष कैद र रु ३० हजार जरिवाना दाबी गिएको उनले जानकारी दिए । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved