सामान्तया गर्मी मौसम र वर्षाको मौसममा बढी मात्रा देखा पर्ने गर्दछ लामखुट्टे । लामखुट्टेले मानव शरीर र पशुशरुको रगत चुस्ने काम गर्दछ । लामखुट्टे एक परजिवी किरा हो । लामखुट्टले टोकाइबाट विभिन्न प्रकारका सरुवा रोगहरु लाग्ने गर्दछ । लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगमध्ये एक हो, डेंगु। डेंगु मनसुन र पोष्ट मनसुनपछि देखा पर्छ। डेंगु एडिस एजिप्टाइ जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। सामान्य उपचारले निको हुने भएपनि हेल चेक्रयाइँ गर्दा ज्यानै जाने गरेको छ। यो मौसममा आउने ज्वरोलाई सामान्य रुपमा लिनु हुँदैन। डेंगु हुँदा विभिन्न लक्षणहरु देखापर्छन्।
डेंगुका लक्षण
-ज्वरो आउने ।
-आँखाको गेडी दुख्ने।
-रातो हुने ।
-जोर्नी दुख्ने।
-शरीरमा स-साना बिबिरा देखिनु ।
-वाकवाकी लाग्ने ।
पहिलो चरणमा देखापर्ने लक्षणहरु
– उच्च ज्वरो आउनु
-आँखाको गेडी दुख्नु तथा हल्का रातो हुनु
-जोर्नी र मासंपेशीमा अत्यधिक पीडा हुनु
-शरीर चिलाउनु ९ हल्का बिबिरा समेत आउन सक्छ ०
खतराको संकेत
– निरन्तर वान्ता हुनु
-वाकवाकी लाग्नु
-पेट दुख्नु
-दिसा कालो हुनु तथा पिसाब रातो हुनु
-गिजा तथा नाक, मुखबाट रगत आउनु
-आलस्य हुनु
डेंगुबाट बच्ने उपायहरु
–डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै स् गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउने
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने
–घरका झ्याल ढोकामा जाली लगाउने
–घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने
