Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संकटमा प्रेस काउन्सिल अध्यक्षकाे पद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021
240 shares

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक ईजलाशमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको संवैधानिक नियुक्तीका विषयमा बहस सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि तत्कालिन केपी ओली नेतृत्वको सरकारले दोस्रो पटक संसद विघटन गरेपछि गरेका संवैधानिक नियुक्ती खारेजीको चर्चा समेत छ ।

केपि ओली सरकारले जेठ ८ पछि नियुक्त गरेका मध्ये प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको पद पनि धरापमा छ । उनी यतिबेला पद जोगाउन दौडधुपमा लागेको पाइएको छ । बस्नेतले आफ्नो पद जोगाइदिन भन्दै माधव नेपाल निकट काउन्सिलकै पूर्व बोर्ड सदस्यलाई प्रयोग गरेर माधव नेपाललाई भेटेको पाइएको छ । उनको दौडधुप नेपाली कांग्रेसका नेताहरु रिझाउन समेत क्रियाशिल रहेको पाइएको छ । बस्नेतले बोर्ड सदस्य ठाकुर बेलबासे मार्फत कांग्रेसलाई मिलाउने कोशिस गरेको स्रोतले जनायो ।

बस्नेतलाई लिएर माधव नेपालकोमा पुग्ने व्यक्ति भने तत्कालिन केपी ओलीलाई प्रतिगामी भन्दै सडकसंघर्षमै आएका व्यक्ति हुन् । तत्कालिन कार्याबाहक अध्यक्ष किशोर श्रेष्ठले कानुनी सल्लाहाकारमा नियुक्त गरेका अधिवक्ता बोर्ण बहादुर कार्की यतिबेला विरामी भएर अस्पतालमा छन् । अस्पतालमा रहेका कार्कीलाई हटाएर नेपाली कांग्रेस निकट जगदिश दाहाललाई कानुनी सल्लाहाकारमा नियुक्त गर्दा कांग्रेसमा समेत सकारात्मक छवि जाने र आफ्नो पद जोगिने भन्दै बस्नेतले दाहाललाई नियुक्त गर्ने वचन दिएका छन् ।

दाहालले पनि आफ्नो नियुक्ती किन नभएको भन्दै बस्नेतलाई फोन गर्ने गरेको उच्च स्रोतले बतायो । बेलबासेले नै बस्नेत र दाहालबीचको भेटघाटको समय मिलाएको स्रोतले जनाएको छ । सरकारले पूर्णता नपाउँदै प्रेस काउन्सिलमा भने भागबण्डा भएपछि एकाथरी काउन्सिलकै बोर्ड सदस्य भने असन्तुष्ट छन् । काउन्सिल अध्यक्ष बस्नेतले नेपाली कांग्रेसमा मिलाउनका लागि प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीलाई समेत गुहार मागेको उनी निकटस्थहरु बताउँछन् ।

तर, आगामी असोजमा हुने वार्षिकोत्सवमा सिवाकोटीलाई गोपालदास पत्रकारीता पुरस्कार दिनुपर्ने शर्त सिवाकोटीले राखेको स्रोतले बतायो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले ‘तपाईंलाई प्रतिक्रिया दिन्न’ भन्दै पञ्छिए । ‘प्रवक्ता हुनुहुन्छ दिपक खनाल उहाँलाई फोन गर्नुस् । आउनुस् यहाँ बसेर सल्लाहा गरौँ । तपाईंले बाहिर बाहिर कुरा सुनेर फोन गर्नुहुँदो रहेछ,’ उनले भने,‘प्रवक्तालाई कुरा गर्नुस् । म प्रतिक्रिया दिन्नँ ।’

दियोपोस्ट बाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved