Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हलहरु खुलेपनि फ्लिम नहुँदा फ्लिमहल बन्द हुँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021
580

काठमाडौ जिल्ला प्रशासन कार्यलय, काठमाडौंले आजबाट उपत्यकाका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय गर्यो । बुधबार प्रशासनको यो निर्णय आएसँगै चलचित्रकर्मीहरुले खुशी व्यक्त गरेका थिए । योसँगै केही चलचित्रकर्मीले भने हल खुलेपनि के चलाउने भनेर प्रश्न समेत गरेका थिए । प्रशासनले हल खुल्न दिने निर्णय गरेपनि प्रदर्शनका लागि कुनै पनि चलचित्र तयार छैनन् ।

यस्तै, बलिउड तथा हलिउड चलचित्र पनि वितरकले खरिद नगरेकाले तत्काल के चलाउने भन्ने अन्यौल छ । यसैले, पनि काठमाडौंका हलहरु आजबाट नखुलेको हल संचालकहरुले बताएका छन् ।

काठमाडौंको नयाँ बाँनेश्वरमा रहेको वान सिनेमाज्का म्यानेजर उमेश गिरी वितरकहरुबाट चलचित्रको बिषयमा कुनै पनि जानकारी नआएकाले हल आजबाट नखुलेको बताए ।

 

उनले भने–‘हामीलाई वितरकहरुले नयाँ चलचित्रको बिषयमा कुनै पनि जानकारी गराउनु भएको छैन । यसैले, चलचित्र नै नभई हल खोलेर पनि अर्थ भएन ।’ उनले, वितरकहरुबाट चलचित्रको बिषयमा जानकारी आएसँगै हल संचालनमा आउने समेत प्रतिक्रिया दिए । वान सिनेमाज्मा २ वटा पर्दा रहेका छन् । यस्तै, काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलका संचालक सोहित मानन्धरले चलचित्र चलाउन आफूहरु तयार भएपनि चलचित्र नै नभएकाले हल नखुलेको बताए । उनले भने–‘हामी चलचित्र चलाउन पूर्ण रुपमा तयार छौं । तर, हिजो भएको निर्णय आज नै कार्यान्वयन गर्न सकिने अवस्था छैन । नयाँ चलचित्र नआएसम्म हल खुल्ने संभावना पनि छैन । सायद, अर्को साताबाट हल खुल्छ होला ।’ अष्टनारायणमा ४ वटा पर्दा भएपनि सुरुवाती दिनमा १ वा २ वटा पर्दाबाट चलचित्र रिलिज सुरु गरिने सोहितले जानकारी दिए ।

चलचित्र संघका महासचिव अशोक शर्माले आज कुनै पनि हल नखुलेको बताए । उनले भने–‘हलहरु सुचारु हुन अझै एक साता लाग्छ होला । किनकी, पहिलो कुरा त चलचित्र नै छैनन् । दोश्रो कुरा धेरै हलहरुमा सरसफाई पनि गर्नुपर्ने अवस्था छ ।’ उनले चलचित्र रिलिजका लागि वितरक तथा निर्मातासँग छलफल अगाडि बढाएको पनि जानकारी दिए । काठमाडौं उपत्यकामा रहेका ४ दर्जन बढी हलहरुमध्ये डेढ दर्जन हल कोभिडका कारण सधैका लागि बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved