फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, “अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन।”मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बीबीसीलाई बताएका छन्।
डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्री’ मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै त्यस्तो दाबी गरेका छन्।उनका शब्द प्रियकर नलागे पनि यी वैज्ञानिकले आफ्नो धारणा तथ्याङ्कमा आधारित भएको बताए।
फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक र आफ्नो विषयका विज्ञका रूपमा विश्वका चर्चित विश्वविद्यालय एमआईटी र यूनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गरेका यी वैज्ञानिकको पुस्तकले हामी आफ्नो बच्चा कसरी हुर्काउँछौँ भन्नेमा व्यापक बहस निम्त्याएको छ।प्राज्ञिक समूहभन्दा बाहिर पनि उनी केही लोकप्रिय छन् र फ्रान्समा सर्वाधिक विक्री भएको सूचीमा परेको उनको पुस्तक इटालियन र स्पेनिश भाषामा पनि अनुवाद भइसकेको छ। विद्युतीय प्रविधि आउनुअघि प्रत्येक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको डेस्म्युजेको तर्क छ।
यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान) तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको छ।शृङ्खलाबद्ध परीक्षणबाट कसैको बौद्धिक स्तर कति छ भनेर गरिने गणना गरिन्छ।
बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक
इन्टरनेटको कुलत लागुऔषध जतिकै घातक
प्रस्तुत छ उनीसँग बीबीसीले गरेको कुराकानीको अंश:
के अहिलेको युवा पुस्ता अघिल्लो पुस्ताको तुलनामा कम आईक्यू भएको पहिलो पुस्ता हो?
आइईक्यू विशिष्ट परीक्षणबाट जाँच गरिन्छ तर अधिकांश अवस्थामा त्यसको विधि परिमार्जन भइरहन्छ।मेरा अभिभावकले मैले उत्तीर्ण गरेकै परीक्षा दिएका थिएनन्। तर मानिसहरूको एउटा समूहलाई पुरानै परीक्षामा पनि राख्न सकिन्छ।
