कृष्ण कुँवर, अबुधावि । पर्बत फलेवास नगरपालिका २ भेडाबारीका आकाश बहादुर थापा क्षेत्री नौ महिना अघिदेखी परिवारको सम्पर्कमा नभएको उनका दाजु दिल थापाले बताए। फोन मार्फत उनले भनें- मेरो भाई आकाश थापाले थापाठाना मा.बि. बाट २०७० सालमा एस्.एल. सी. पास् गर्यो, एघार र बार्ह कार्कीनेटाको अन्नपूर्ण उ.मा.बि.मा पढेको हो।
उ अहिले २३ बर्ष पुग्यो, उस्ले राजनीतिमा पनि चासो राख्थियो । पोखरामा केहि समय बसेपछि काठमाण्डौ पुगेको र केहि समय परिवारको सम्पर्कमा रहेको तर बिगत ९ महिना देखी भाई आकाश थापा हामिबाट सम्पर्क विहिन् भएका छन् । दिल थापाले आँशु झार्दै भनें- मेरो बुवा र आमा रोईरहनुहुन्छ । मैले केहि महिना देखी काठमाण्डौमा बसेर खोजिरहेको छु तर भेट्न सकेको छैन।
म भाईको निम्ति जे गर्न पनि तयार छु, उसलाई भेटाउन पाए, उस्का इच्छाहरु मैले पूरा गर्नेथिएँ, सम्पर्कमा आईदिए स-परिवार खुशी हुनेथियौं।म केहि समयमा यू.एस. जाने तयारिमा छु तर भाईलाई भेटेर जानपाए हुनेथियो भन्ने मनमा लागेको छ। आकाशको दाई दिल बहादुर थापाले भाई आकाशलाई फोन नम्मर ९८१९१०५८६५ गर्न या बूबा बिर् बहादुर थापा र आमा पार्बती थापाको सम्पर्कमा ल्याईदिन सबैलाई अनुरोध गरेका छन्।
