Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकाको टेक्सासमा लागु भयो गर्भपतनसम्बन्धी कडा कानुन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 2, 2021
48 shares

अमेरिकाको टेक्सास राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन लागु भएको छ।

द न्युयोर्क टाइम्सका अनुसार उक्त कानुन रोक्न परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै निर्णय नगरेपछि बुधबारदेखि कानुन लागु भएको हो।

रिपब्लिकन गभर्नर भएको टेक्सास राज्यको संसदबाट पारित उक्त कानुनअनुसार छ सातापछिको गर्भपतनलाई प्रतिबन्ध लगाइएको छ। आमाको पेटभित्र रहेको भ्रुणमा मुटुको चाल सुरू भएपछि गर्भपतन गर्न नपाइने कानुनको मुख्य प्रावधान हो। छ साताको आसपासमा भ्रुणमा मुटुको चाल सुरू हुने डाक्टरहरू बताउँछन्।

टेक्सासको कानुनमा भएको छ साताको म्यादमा धेरै महिलाहरूले आफू गर्भवती भएको नै थाहा नपाउने भन्दै उक्त कानुन कार्यान्वयन नगर्न आदेश माग्दै सर्वोच्च अदालतमा मुद्दा हालिएको थियो।

अमेरिकाभरिकै गर्भपतनसम्बन्धी सबैभन्दा कडा कानुन रोक्न सर्वोच्चले आदेश दिने अपेक्षा गरिएको थियो। अदालतले आदेश नदिएपछि यसअघि नै गभर्नरले हस्ताक्षर गरिसकेको कानुन बुधबारदेखि लागु भएको हो। यो विषयमा अदालतले अझै पनि आफ्नो आदेश सुनाउन सक्ने विकल्प भने बाँकी छ।

 

गर्भपतनका विषयमा अमेरिकी समाजमा ठूलो बहस छ। एकातिर भ्रुणमा मुटुको चाल आइसकेपछि गर्भपतन गर्न नहुने तर्क गर्नेहरू छन् भने अर्कातिर प्रजनन महिलाको अधिकारको विषय भएकाले गर्भपतन स्वेच्छिक हुनु पर्ने तर्क गर्नेहरू छन्।

यसअघि जर्जिया, मिसिसिपी, केन्टुकी र ओहायो राज्यले पनि अल्ट्रासाउन्ड गर्दा मुटुको धड्कन पत्ता लाग्यो भने गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए। तर अदालतले ती कानुनको कार्यान्वयन रोकिदिएको थियो।

टेक्सासको कानुनले बलात्कार र हाडनाता सम्बन्धबाट बच्चा बस्दा पनि गर्भपतन गर्न पाउने छुट दिएको छैन। गर्भपतन नगरे आमाको ज्यानमा खतरा हुने अवस्थामा भने गर्भपतन गर्न पाइने कानुनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved