Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलीका ‘अलराउन्डर’ विश्वासपात्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 2, 2021
580

सत्तारुढ नेकपाभित्र जबजब अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अप्ठेरोमा पर्छन्, तबतब काठमाडौँमा सक्रिय हुन्छन् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल । ओलीको सत्ता संकट टार्न होस् वा सरकारका महत्त्वपूर्ण निर्णयमा उनी हावी देखिन्छन् ।

सिंहदरबारभित्र घन्टौँ लगाएर गरिएको निर्णय उनका फेसबुक स्टाटसबाट केही बेरमै उल्टिएका घटनासमेत छन् । एमाले–माओवादी चुनावी गठबन्धनले केन्द्रीय राजनीतिबाट प्रदेशमा धकेलिएका पोखरेल प्रधानमन्त्री ओलीका अलराउन्डर विश्वासपात्र बनेर तीन वर्षदेखि काठमाडौँ–बुटवल ओहोरदोहोर गरिरहेका छन् ।

वैशाख दोस्रो साता नेकपाभित्र शक्ति संघर्ष उत्कर्षमा पुग्यो । सचिवालयका बहुमत सदस्यहरूले ओली पार्टी र सरकार दुवैमा असफल भएको निष्कर्षसहित स्थायी कमिटी बैठक बोलाएर अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एकमा सीमित गर्ने रणनीति बनाए । दुवै पक्षले संसदीय दलमा बहुमत पुर्‍याउन हस्ताक्षरसमेत सुरु गरिसकेका थिए । ओलीको सत्ता संकट टार्न मुख्यमन्त्री पोखरेल काठमाडौँ आइपुगे । पार्टीका अध्यक्षद्वय मिल्नुपर्ने सन्देश लिएर प्रचण्ड निवास खुमलटार गए । अनि, पूर्वएमालेहरू एक ठाउँ उभिनुपर्ने सन्देश बोकेर वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगे । त्यहाँ ओली र नेपाल पक्षका नेताहरूले १५ वैशाखमा दिनभरजसो छलफल गरे ।

यी दुईमध्ये जुनसुकै एकमा सहमति जुटे तत्कालका लागि ओलीलाई घेराबन्दीबाट निकाल्न सकिने उनको कसरत थियो । पोखरेलले समस्या समाधानका लागि आफू मुख्यमन्त्री छाड्न तयार रहेकोसमेत बताए । त्यसअघि स्थायी कमिटी बैठकमै पनि उनले पार्टी जिम्मेवारीका लागि राजकीय पद छाड्न तयार रहेको बताइसकेका थिए । त्यसले उनी जतिसक्दो चाँडो राष्ट्रिय राजनीतिमा फर्किन चाहन्छन् भन्ने देखाउँछ ।

अध्यक्ष ओलीले १८ वैशाखको सचिवालय बैठकमा ‘वामदेव कार्ड’ फ्याँके । उपाध्यक्ष वामदेव गौतमलाई कोरोना नियन्त्रणपछि प्रधानमन्त्री बनाउने प्रस्तावलगत्तै सचिवालयमा ओलीको बहुमत पुग्यो । २० वैशाखको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच ४ मंसिरको सहमतिअनुसार अघि बढ्ने निर्णय भएसँगै तत्कालका लागि ओलीको सत्ता संकट टर्‍यो ।

नेकपा विवादलाई अहिले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले पुन: उत्कर्षमा पुर्‍याएको छ । शीर्ष तहमा सहमति नजुट्दा सचिवालय बैठक बारम्बार स्थगित भएपछि १० असारका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । सो बैठकअघि नै विवादको सुरक्षित अवतरण गराउन मुख्यमन्त्री पोखरेल पुन: काठमाडौँ आउँदै छन् ।

नेकपाभित्र सुरुदेखि उठेको एउटा मुद्दा एक व्यक्ति, एक जिम्मेवारीको हो । पूर्वएमालेका ओली र माधव नेपाल गुटको रस्साकस्सीमा अध्यक्ष ओलीले पहिलोपल्ट यो मुद्दा उठाएका हुन् । सोही नारा लगाएर उनले तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै ०७० मा संसदीय दलको नेता बनेका थिए । तर जब आफैँ दोहोरो जिम्मेवारीमा पुगे, उनैले कार्यान्वयन गरेनन् । अहिले नेपाल समूह प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, प्रदेश इन्चार्जसमेत रहेका पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एउटा जिम्मेवारी खोस्ने रणनीतिमा देखिन्छ । प्रदेशमै रहे पनि मुख्यमन्त्री पोखरेल सिंहदरबारमा समेत उत्तिकै हावी छन् ।

 

चैत अन्तिम साता काठमाडौँबाट हजारौ श्रमिक बाहिरिए । सयौँ किलोमिटर पैदल यात्रा गरिरहेका विपन्न वर्गका दु:खको कथा सञ्चार माध्यममा छाए । सत्तारुढ पार्टीभित्र श्रमिकको उद्धार गरी सुरक्षित रूपमा गृहजिल्ला पुर्‍याउनुपर्ने दबाब बढ्यो । प्रधानमन्त्री ओली स्वयंले रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई २६ चैत राती फोन गरेर आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए । भोलिपल्ट २७ चैतमा कोभिड– १९ रोकथाम तथा संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्यो र अलपत्र यात्रुलाई दुई दिन सेनाले उद्धार गर्ने निर्णय गर्‍यो ।

 

सोहीअनुसार गृहमन्त्री थापा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्बाङ यातायात प्रबन्ध मिलाउन जुटे । उपत्यकाबाहिर जाने यात्रुलाई दुई दिन यातायात खुला गरेर उद्धार गर्ने निर्णय सहभागी मन्त्रीहरूले नै सार्वजनिक गरिसकेका थिए । ठीक त्यही बेला मुख्यमन्त्री पोखरेलले फेसबुक स्टाटस लेखेर पैदल यात्रुलाई घर फर्काउने उच्चस्तरीय समितिको निर्णय परिपक्व नहुँदै तुहाइदिए । उनले फेसबुकमा लेखेका थिए, ‘काठमाडौँबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौँ जान नदिने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देऊ ।’

 

उच्चस्तरीय समितिको निर्णयले लकडाउन खुल्ने र स्थिति नियन्त्रणबाहिर जाने भन्दै उनले बालुवाटारसँग परामर्श गरेपछि स्टाटस लेखेका थिए । बालुवाटारले एकाएक सो निर्णय उल्टाइदिएपछि संयोजक ईश्वर पोखरेलले त्यस किसिमको कुनै निर्णय नै नभएको भन्दै प्रेस विज्ञप्ति जारी गर्नुपर्‍यो । जबकि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेजमा स्थानीय र प्रदेश स्तरका सरकारहरूले मान्यता नदिएको हुनाले २८ र २९ चैतमा काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको सूचना जारी गरियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved