अफगानिस्तानबाट दुई दशकपछि अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भए पनि त्यहाँ अझै बाँकी रहेका नेपालीहरूको उद्धार प्रयासलाई निरन्तरता दिइने नेपाली अधिकारीहरूले बताएका छन्।
अहिलेसम्म ८२८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अधिकारीहरूका अनुसार काबुलमा अझै पनि ३४ जना नेपालीहरू उद्धारको पर्खाइमा छन्।
तर अमेरिकासहित विभिन्न देशले अघि बढाएको उद्धार कार्य बन्द गरिएसँगै उनीहरूलाई तत्कालै नेपाल फर्काउने प्रयासमा असर पर्न सक्ने देखिन्छ।
अहिले काबुल विमानस्थल तालिबानको नियन्त्रणमा पुगिसकेको छ।
हामीले करिबकरिब आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूको उद्धारको काम सम्पन्न गरेका छौँ। तर एउटा सानो समूह अझै काबुलमा नै छ। उहाँहरूको पनि आजभोलिमा नै उद्धार होला भन्ने हामीले आशा गरेका छौँ।”
उनले नेपाल सरकारको सम्पर्कमा नआएका व्यक्तिहरू अझै पनि अफगानिस्तानमा हुनसक्ने भन्दै तालिबानले काबुल विमानस्थलमा नियन्त्रण कायम गरिसकेको पछिल्लो अवस्थामा पनि उद्धारको प्रयास अघि बढ्ने उल्लेख गरे।
