काठमाडौं । अमेरिकी सरकारद्वारा नेपालमा लागु गर्न खोजिएको चौतर्फी विवादित परियोजना एमसीसीको विज्ञापन बजाउने एपी वान टेलिभिजन विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।
अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले मंगलबार प्रेस काउन्सिल नेपालमा उजुरी दिएको हो । उनीहरुले एपीवान टेलिभिजनले पत्रकार आचार संहिता उलंघन गरेको मुद्दामा कारबाही माग गरेका छन् ।
एपीवान टेलिभिजनले एमसीसी परियोजनाको बारेमा सकारात्मक विज्ञापन प्रशारण गरेको थियो ।