लमजुङमा मध्यराती आगलागी हुँदा एक दम्पतीको ज्यान गएको छ । मर्स्याङ्दी गाउँपालिका–९ सेग्लेमा धन्सारमा बस्दै आएका दम्पतिको निधन भएको प्रहरीले जनाएको छ ।
राती १ बजेतिर एक्कासि धन्सारमा आगलागी हुदा ५६ बर्षिय धर्मराज भन्डारी र उनको श्रीमती पशुपति भन्डारीको निधन भएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। उनीहरुको घटनास्थलमै निधन भएको कार्कीले बताए ।
घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने कार्कीले बताए ।
प्रहरीका अनुसार धन्सार पूर्ण रुपमा क्षति भएको छ । घटनास्थलमा प्रहरी खटिएका छन ।
