मनाङको नासो गाउँपालिका-१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला पसेको छ
उनका अनुसार तथ्याङ्कहरूले यस वर्ष मनसुन सुरु भएको पहिलो ६० दिनमा अघिल्लो वर्षको तुलनामा मानवीय क्षति कम भएको देखाएको छ।तर यस वर्ष पोहोरको भन्दा बढी भौतिक क्षति भएको उनको भनाइ छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले पछिल्ला मनसुनजन्य विपद्बाट करिब ९० हजार मानिस प्रभावित भएको हुनसक्ने बीबीसीलाई जानकारी दिए।
उनले भने, “भूउपग्रहबाट खिचिएको तस्बिरबाट ९० हजारजति जनसङ्ख्या जल जमिरहेको क्षेत्रमा रहेको पाएका छौँ। त्योभन्दा कम प्रभावित भएको पनि हुनसक्छ। तर हामीले मनसुनजन्य विपद्बाट प्रभावित भएको सम्पूर्ण क्षेत्रलाई हेरेर योजना बनाइरहेका छौँ।”
उनले विपद् प्रभावितहरूको उद्धार र पुनर्स्थापनालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै उद्धार कार्यपछि घर क्षति भएका व्यक्तिहरूलाई प्रतिपरिवार ५० हजार रुपियाँ सरकारबाट उपलब्ध गराइने जानकारी दिए।
त्यसबाहेक विद्यालय लगायत सुरक्षित आश्रयस्थलमा विस्थापितहरूलाई राखिएको उनको भनाइ छ।
बिहीवारयताको वर्षामा एक व्यक्ति बेपत्ता रहेको र २६५ जना विस्थापित भएको प्रहरीको भनाइ छ।
