धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ । उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्याङ हालेका थिए । भर्याङ हाल्नेक्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानियबासीले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले पनि घटना भएको पुष्टि गरे । ‘मृत्यु भएको हो । हामी अहिले यहीँ छौँ । अहिले हामी काम गर्दैछौँ,’ उनले भने । स्थानियबासीका अनुसार अर्का एक जना गम्भिर घाइते भएका छन् । उनलाई स्थानिय अस्पतालमा राखेर उपचार गरिँदैछ ।
स्थानियका अनुसार पोलमा सर्ट भएको विजुलिको करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । केहीबेरमा विवरण आउने प्रहरीले जनाएको छ ।
