Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के श्रीकृष्ण मुक्तिदाता हुन त ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2021
183 shares

–संग्राम सिंह विश्वकर्मा

यो सालको श्री कृष्ण जन्माष्टमी भरखरै मनाईँदैछ । हरेक बर्ष झैं ऐले पनि हिन्दूहरुले भगवान् मानिएका श्रीकृष्णको जन्मोत्सव धुमधामले मनाउँदैछन् । श्रीकृष्णलाई महात्मा बुद्ध, महात्मा गाँधी, राजा राम मोहन राय, आदि जस्ता समाज सुधारक लोकोपकारीको रुपमा मात्र मानेको भए त ठिकै हुन्थ्यो । तर उनलाई ईश्वर र मुक्तिदाताको रुपमा नै मानिन्छ । उनको सम्झना र पूजाको बदलामा प्रत्यक्ष वा परोक्ष रुपले एउटै कुराको अपेक्षा राखिन्छ, त्यो हो–मृत्यु पछि भक्तलाई पाप मुक्त गरि सिधै स्वर्ग पुऱ्याउने !

हिन्दू धर्मशास्त्रहरुमा मानिसले जतिसुकै पापाचार गरे पनि श्री कृष्णको भजन मात्रले सब पाप नाश भै सिधै स्वर्ग जान पाइने उल्लेख थुप्रैछन् । त्यसै कारणले होला आफ्ना दैनिक काम व्यवहारमा सत्कर्मलाई भन्दा कुकर्मलाई यहाँ प्राथमिकता दिइरहेको देखिन्छ । कुकर्मबाट सके सम्मको धन सम्पत्ति बटुलेर गर्नु सम्म ऐश आराम गरे पनि कृष्णभजन गर्ना साथ पाप मुक्त हुने र मरेपछि स्वर्गको सीट पनि सुरक्षित भै हाल्ने भएपछि अरु के नै पो चाहियो र । जीउँदा भर सुखको सास, मरे पछि स्वर्गको बास !!

तर ,आजको युगमा हामीले यस्ता कुराको अन्धानुकरण गर्नु अघि शास्त्र कै आधारमा यो विचार गर्नु जरुरी छ कि श्रीकृष्णको जपना तपना गरेर को को मुक्त भए वा भएनन् ? यदि श्री कृष्ण त्यस बखत मुक्ती दाता रहेछन् भने हामी पनि आफ्नो मुक्तिको लागि उनको भजन पछि लागौं, अन्यथा त्यो कर्म अमूल्य समय खेर फाल्ने सिवाय अरुथोक केहि हुनेछैन । यस सम्बन्धमा कुनै सन्तले लेखेको निम्न दोहा उपर विचार गर्नु राम्रो होलाः–
पाण्डव चार भाई नर्क गए, युधिष्ठीर एक्लै धाम !

कृष्ण भगवान् अर्जुनका, आए खै के काम ?

महाभारतका अनुसार परिक्षीतलाई गद्दी सौंपेर द्रौपदी सहित हिमालय तर्फ लागेका बुढा पाण्डवहरु युधिष्ठीर बाहेक सबै लोटेर मरे । त्यसपछि विमान चढी स्वर्गजाने क्रममा युधिष्ठीर बाटोमा परेको नर्कमा आफ्ना ती भाईहरु र द्रौपदी समेतलाई बडो दुःख पाएको र मद्दतको लागि आफुलाई गुहारेको हेर्दै खिन्न मन गराउनु परेको थियो । यहाँ नेर विचारणीय कुरो यो छ कि अर्जुन जसतो व्यक्तिलाई नर्क जानु किन पऱ्यो ?
अर्जुन र श्रीकृष्ण पूर्वजन्ममा दुई भाई नर र नारायण थिए । यस जन्ममा अर्जुन श्रीकृष्णकी फुपु कुन्ती र बहीनी सुभद्राका क्रमशः छोरा र लोग्ने थिए । बालककाल देखिका साथी समेत भएका अर्जुनलाई सर्वोच्च धनुर्धर कायम गर्न र बचाउन श्रीकृष्णले जीवन भर गर्नु नगर्नु काम गरे । ती मध्य मुख्य यस प्रकार छन्ः–

१) स्वयंवर सभामा उपस्थित मध्य अर्जुनको टक्करको एकमात्र वीर कर्णलाई द्रौपदी द्वारा निचाकुलको घोषित गराई पंछाए भने उही कर्णलाई दुर्योधन पक्षबाट विमुख गराई पाण्डव पक्षमा ल्याउने ध्येयले महाभारत युद्ध शुरु हुनु भन्दा अघि एकान्त पारी, कुन्ती र सूर्य पुत्र हुनाले विशुद्ध क्षेत्रीय भएको कुरा प्रमाण सहित सुनाउँदै कुन्तीपुत्र पाण्डवहरूको पक्षबाट युद्ध लड़न उक्साए । जुन अनुरोध कर्णले मानेन ।

(२) दुर्योधनको पक्षबाट लड्ने उद्देश्यले आईरहेको त्यस बखतको सर्वोत्तम धनुर्धर एकलब्यको टाउको बीच बाटोमै दान स्वरुप धोखापूर्वक हात पार्न सफल भएका श्रीकृष्णले त्यसबाट हुन सक्ने भारी खतरा देखि अर्जुनलाई साफै बचाए ।

(३) लडाई गर्न कुरुक्षेत्रमा उपस्थित आफ्ना कुटुम्ब र लाखौं निरपराधहरुको ज्यान लिएर रजाँई गर्नु भन्दा सन्यास लिनु निको मानेको अर्जुनलाई श्रीकृष्णले नै गीता द्वारा धर्मको उपदेश दिएर लड्न र नरसंहार गर्न तयार पारेका हुन ।

(४) सूर्यास्त सम्ममा जयद्रथलाई मार्न नसके आफै आत्मदाह गरी मर्ने प्रतिज्ञा गरेका अर्जुनको अग्नी प्रवेश समारोह हेर्ने विचारले सूर्यास्तलाई पर्खेर गुप्ती ठाउँमा लुकी बसेको जयद्रथलाई सो समारोह हेर्न रणभूमीमा आफै आउने गराउन श्रीकृष्णले नै नक्कली सूर्यास्त पारी जयद्रथ वध गराइ अर्जुनको प्रतिज्ञा पुरा गराए ।

(५) कर्णसंग अमोघ शक्ति रहेसम्म अर्जुन सुरक्षित नरहने देखि श्रीकृष्णले षड्यन्त्र पूर्वक सो शक्तिको शिकार राक्षसी पुत्र घटोत्कचलाई बनाई त्यताबाट अर्जुनलाई निश्चिन्त्त पारे । श्रीकृष्णद्वारा अर्जुनको हित चिताउने अन्य सामान्य घटनाहरु यति वर्णित छन् कि यसमा लेखेर साध्य छैन । त्यस्ता प्यारा अर्जुन पनि नर्क जान बाध्य हुनु चानचुन कुरो होइन ।

यस्तै उदाहरण अर्को हेरौं– परभास क्षेत्रमा यादव पुरुषहरुको कुलसंहार र श्री कृष्णको देहान्त समेतको खबर पाएपछि उनका विधवा पटरानी, रानी लगायतका स्त्रीहरु र बाल बच्चा सबैलाई हस्तिनापुरमा ल्याई आफैले पालन पोषण गर्ने उद्देश्यले राजा युधिष्ठीरले आज्ञा दिँदा अर्जुन द्वारिका गै ती सबै विधवा, तरुनी र बाल बच्चालाई रथहरूमा राखि ल्याई रहेका बखत बीच बाटोको जङ्गलमा लुटेरा भील्लहरुले हमला गरे ।

 

ती लुटेराहरु बाट स्वयं श्रीकृष्णका विधवा पटरानी, रानी समेतका सबै स्त्रीहरु लुटिए, बेइज्जत पारीए । ती मध्य तरुनी र अधबैंसे जतिलाई भील्लहरुले हरेर लगे । त्यो विघ्न विनाशको बेला ती आईमाईहरुले आफ्नो रक्षार्थ श्रीकृष्णलाई गुहार्नु सम्म गुहारे । तर त्यहाँ न त चीरहरणको बेला द्रौपदीको रक्षार्थ पुग्ने श्रीकृष्ण नै आए न अर्जुनको गाण्डीवको नै केही जोर चल्यो । लाचार अर्जुन भील्लहरु बाट दुर्गती पारी छोडिएका बुढाबुढीहरु र बाल बच्चा मात्र साथमा लिई लुरुलुरु हस्तिनापुर फर्कन बाध्य भए । गीतामा “एकोहम द्वितीयो नास्ती” भनेर गर्जने श्रीकृष्ण का आफ्नै परिवारको त्यो बिचल्ली हुनु कम्ती आश्चर्य र लज्जास्पद कुरो थिएन ।

यसरी हामी धर्मशास्त्रकै आधारमा पनि प्रष्ट देख्छौं कि संसारमा राम्रो काम गर्ने युधिष्ठीर जस्तालाई मोक्ष वा मुक्ति पाउन कसैको नाम जप्ने जरुरत पर्दो रहेनछ । नराम्रो काम गरेमा अर्जुन र विधवा पटरानी, रानीहरु जस्तै श्रीकृष्णको भजनका त के कुरा संगतै गरे पनि नर्क जानबाट बच्ने रहेनछ । यस्तो जानेपछि पनि वर्तमान युगमा उनै श्री कृष्णबा

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved