मेवालाल यादव,जनकपुरधाम ।
प्रदेश २ को मन्त्रीमण्डल हेरफेर भएको छ । मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् ।विजय यादवलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएको छ । दुवैजना सुरुवाति समयदेखि नै मन्त्रीमण्डलमा रहेका छन् ।
हाल प्रदेश २ मा तीन दलको सरकार रहेको छ । जसमा जसपाबाट मुख्यमन्त्री लालबाबु राउत, अर्थ मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्येग, पर्यटन तथा वन मन्त्रीमा रामनरेश राय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव रहेका छन् ।
नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, महिला बालबालिका तथा खेलकुद मन्त्रीमा वीरेन्द्र सिंह र खानेपानी तथा उर्जा मन्त्रीको रुपमा ओम प्रकाश शर्मा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट भरत प्रसाद साह आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको रुपमा रहेका छन्।
