Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुकुम्बासीको नाममा भूमाफियाको बिगबिगी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2021
24 shares

इटहरीं। सप्तकोसी नदीले धार परिर्वतन गरी पूर्वतर्फ बग्दा उकास हुन आएको आठ हजार हेक्टर अर्थात् १२ हजार बिघा जमिन सुकुम्बासीका नाममा भूमाफियाबाट अतिक्रमण भएको छ । जग्गा अतिक्रमणका कारण सो क्षेत्रमा कबुलियत वन बनाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा अन्योल देखिएको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गा थापाका अनुसार, सुनसरी र उदयपुर जिल्लाको सिमानामा रहेको सो जमिनमध्ये सुकुम्बासीको नाममा भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ अन्तर्गत पर्छ । भूमाफियाले जग्गा कब्जा गरेका कारण त्यहाँ रहेको नदी उकास जमिनमध्ये १७६ दशमलव २३ हेक्टरमा कबुलियत वन बनाउने सरकारी निर्णय अन्योलमा परेको स्थानीयको भनाइ छ । मन्त्रिपरिषद्को गत जेठ ६ गतेको बैठकले १७६ दशमलब २३ हेक्टर जमिनमा कबुलियत वन बनाउने निर्णय गरेको थियो । वराह हर्बल सुनसरी र सेफ ले टेक्नोलोजी ललितपुरलाई ३० वर्षका लागि सो जमिन लिजमा दिएको छ । स्थानीय तह, वन कार्यालयलगायतको सिफारिसमा सरकारले सो निर्णय लिएको हो ।

 

सो क्षेत्रमा कबुलियत वनका रूपमा पर्यापर्यटन, कृषि, जडीबुटी खेती विस्तार, माछा तथा पशुपालनलगायतका कार्य गर्ने योजना रहेको छ । सरकारले कबुलियत वन घोषणा गरेको जमिनमा कुनै पनि सुकुम्बासीको बसोवास नै नरहेको सब–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख सहायक वन अधिकृत सन्नीकुमार झाले बताए। उनका अनुसार, कबुलियत वन घोषणा भएको क्षेत्रमा न त एउटा सुकुम्बासीको बसोवास छ, न त कुनै टहरा नै छ तर केही पहुँचवालाले काम गर्ने मान्छे लगाएर सयौँ बिघा जमिन कब्जा गरेका छन् ।

नगरपालिकाको तथ्याङ्कअनुसार सो जमिन क्षेत्रमा करिब एक हजार तीन सय वास्तविक सुकुम्बासी परिवारको बसोवास रहेको छ । तर, ती वास्तविक सुकुम्बासीभन्दा बाहिरका केही भूमाफिया र पहुँचवाला सीमित व्यक्तिले त्यहाँको सयौँ हेक्टर जमिन कब्जा गरी किनबेचसमेत गर्दै आएको नगरप्रमुख थापाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved